Chauthoanga
२०८३ असोज २६ , सोमबार

टिपरको ठक्करबाट दाङमा बालकको मृत्यु



दाङको घोराहीमा टिपरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ। घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा आईतवार साँझ टिपरले ठक्कर दिँदा प्युठानको नौबहिनी गाउँपालिका–१ निवासी राजन अधिकारीको मृत्यु भएको हो।
रा.१ ख २५११ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका बालक अधिकारीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
घटनापछि दोषीमाथि कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग राख्दै स्थानीयले कुइरेपानीस्थित घोराही–लमही सडकखण्ड अवरुद्ध गरेका छन्। सडक अवरुद्ध भएपछि उक्त खण्डमा सवारी आवागमन प्रभावित भएको छ।
प्रकाशित मिति : २०८३ असोज २६ गते सोमबार