सप्तरी । सप्तरी प्रहरीले बोक्सी आरोप लगाइ महिलालाई कुटपिट गरेको आरोपमा दुई परूषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका वडानम्बर-१० बनाैलाका ३८ वर्षीय जिवछ प्रसाद साह र ३२ वर्षीय अजय मण्डल रहेका छन् ।
डाक्नेश्वरी नगरपालिका-१० का रेखा कुमारी मण्डललाई २०८३ वैशाख २९ गते प्रतिवादीहरुले बोक्सीको आरोप लगाई पिडितलाई अश्लील शब्दहरु प्रयोग थियो । साथै उनीहरूले विभिन्न हातहतियारहरुले कुटपिट गरी घाइते बनाएको आरोप लागेको छ।
उक्त घटना पश्चात फरार रहेका प्रतिवादीहरुलाई खोजतलास गर्ने क्रममा बनाैलाबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेका अनुसार रेखाकुमारी मण्डलको जाहेरीबाट इलाका प्रहरी कार्यालय कल्याणपुरमा मुद्दा दर्ता भइ सप्तरी जिल्ला अदालत राजविराजबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान भइरहेको छ ।








प्रतिक्रिया दिनुहोस्