मधुसूदन गिरी-
दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ जुम्लेपानीमा रहेको जुम्लेपानी युनाइटेडले सामाजिक कार्य गर्ने अभियान अन्तर्गत प्राथमिक विद्यालय जुम्लेपानीका विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग तथा वितरण कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूको शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुमान घर्ती, पुर्व अध्यक्ष नमलाल गिरी, विद्यालयका प्रधानाध्यापक सुर्य बहादुर ठेडि विद्यालयका शिक्षक,तथा जुम्लेपानी युनाइटेडका सदस्यहरुको सहभागिता रहेको थियो।
शैक्षिक सामग्री सहयोग तथा वितरण कार्यक्रम अन्तर्गत विद्यालयका २४ जना विद्यार्थीलाइ कापि, सिसा कलम, लगायतका सामाग्री वितरण गरिएको थियो । साथै संस्थाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने विद्यालयका शिक्षक,विद्यालय व्यवस्थापन समिति तथा सम्पूर्ण युनाइटेडका संस्था प्रति आभार व्यक्त गरेको छ।
युनाइटेडले यो अभियानलाई आफ्नो सामाजिक यात्राको पहिलो कदमका रूपमा लिँदै आगामी दिनमा पनि एकता,सहकार्य र सकारात्मक सोचका साथ समुदायको हितमा विभिन्न सामाजिक तथा शैक्षिक गतिविधि सञ्चालन गर्दै जाने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्