Chauthoanga
२०८३ कात्तिक १४ , शुक्रबार

रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको विवरण संकलन गर्दै बंगलाचुली गाउँपालिका



रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण यकिन गर्न बंगलाचुली गाउँपालिकाले सम्बन्धित परिवारसँग आवश्यक कागजातसहित निवेदन माग गरेको छ।
गाउँपालिकाको कार्यालय कमिरेचौरले सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले पाँच दिनभित्र सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्न आग्रह गरेको हो।
जिल्ला प्रशासन कार्यालय घोराही, दाङबाट प्राप्त पत्र तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट स्वीकृत बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रियाअनुसार विवरण संकलन गर्न लागिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिनेश पाैडेलले बताउनु भयाे । अधिकृत पाैडेलका अनुसार बेपत्ता व्यक्तिका एकाघरका परिवारका सदस्यले बेपत्ता व्यक्तिको नाम, ठेगाना र उमेर खुल्ने सरकारी कागजात वा नागरिकता तथा राष्ट्रिय परिचयपत्र, नाता प्रमाणित हुने कागजात र बाढीमा बेपत्ता भएको स्वघोषणासहित निवेदन दिनुपर्नेछ।
एकाघरका परिवारका सदस्य नभएको अवस्थामा सम्बन्धित वडा अध्यक्षले वडा सचिव र स्थानीय प्रहरीको रोहबरमा सोही बाढीबाट बेपत्ता भएको यकिन गरी सर्जमिन मुचुल्कासहित निवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।
थप जानकारीका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १४ गते शुक्रबार