नेपाल सरकारले निजामती सेवाका स्वीकृत दरबन्दीमा करारमा कार्यरत कर्मचारीहरूका लागि महँगी भत्ता र कर्मचारी सञ्चय कोष (सामाजिक सुरक्षा) लगायतका सुविधाहरू प्रदान गर्ने निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र जारी गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार स्वीकृत अनुसूची–१ र करार सम्झौताको नयाँ ढाँचाबमोजिम यो व्यवस्था कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग, सचिवालय, विभाग तथा कार्यालयहरूलाई निर्देशन दिएको जानकारी दिनुभयो।
मन्त्रालयले जारी गरेको नयाँ व्यवस्था अनुसार स्वीकृत दरबन्दीमा कार्यरत करार कर्मचारीहरूले आगामी २०८३ साउन १ गतेदेखि लागू हुने गरी मासिक रु. २,००० (दुई हजार रुपैयाँ) महँगी भत्ता पाउने हुनुभएको छ। यसैगरी सामाजिक सुरक्षाका रूपमा २०८३ माघ १ गतेदेखि लागू हुने गरी करार कर्मचारीको मासिक पारिश्रमिकबाट ६ प्रतिशत रकम कट्टा गरी सोही बराबर (६%) रकम नेपाल सरकारले थप गरेर कुल १२ प्रतिशत रकम कर्मचारी सञ्चय कोषमा जम्मा गरिदिने व्यवस्था मिलाइएको बताउनुभयो।
परिपत्रमा कम्तीमा ६ महिना सेवा पूरा गरेका करार कर्मचारीहरूले वर्षमा एक पटक एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च पाउने उल्लेख छ। यसका साथै निजामती कर्मचारीसरह प्रत्येक वर्षको चैत्र महिनामा पोसाक भत्ता उपलब्ध गराइने जानकारी दिनुभयो। बिदाका सम्बन्धमा सार्वजनिक बिदाबाहेक मासिक १ दिनका दरले वर्षमा १२ दिन साधारण बिदा, १५ दिनसम्म किरिया बिदा र महिला कर्मचारीका लागि ९८ दिन सुत्केरी बिदाको व्यवस्था गरिएको स्पष्ट पार्नुभयो।
यस्तै सङ्गठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षणबाट दरबन्दी कटौती भई फाजिलमा परेका एवं ५ वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका करार कर्मचारीहरूलाई सेवा मुक्त गर्दा एक पटकका लागि काम गरेको प्रत्येक वर्षको आधा महिनाको सुरु तलब स्केल बराबरको रकम एकमुष्ट राहत दिएर सेवा अन्त्य गरिने जानकारी दिनुभयो। साथै करारमा कार्यरत कर्मचारीको उमेर ५८ वर्ष पूरा भएपछि सेवा स्वतः अन्त्य हुने व्यवस्थासमेत गरिएको स्पष्ट पार्नुभयो।
करार कर्मचारीहरुको व्यवस्थापन सम्बन्धमा ।_hd38vel









प्रतिक्रिया दिनुहोस्