Chauthoanga - Nepali News Media
प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको आग्रह
प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको आग्रह नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तत्काल राजीनामा दिन आग्रह गरेको छ । आज संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले सो आग्रह गरेको हो । 
प्रधानमन्त्री  प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने
प्रधानमन्त्री प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने हुनुभएको छ ।  मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि अहिले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो। 
एमाले काग्रेसको नयाँ गठबन्धनमा रास्वपा सहभागी नहुने
एमाले काग्रेसको नयाँ गठबन्धनमा रास्वपा सहभागी नहुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । आज बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो । 
 प्रतिनिधिसभाबाट आज संघिय बजेट पारित गर्ने तयारी
 प्रतिनिधिसभाबाट आज संघिय बजेट पारित गर्ने तयारी प्रतिनिधिसभाबाट आज संघिय बजेट पारित गर्ने तयारी गरिएको छ। प्रतिनिधि सभामा आज  विनियोजन विधेयक २०८१ आज पास गर्ने तयारी गरिएको हो । ​आज ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा बताईएको छ । 
लुम्बिनी सरकारले पायो पूर्णता, कृष्णा केसी उर्जामन्त्री नियुक्त
लुम्बिनी सरकारले पायो पूर्णता, कृष्णा केसी उर्जामन्त्री नियुक्त लुम्बिनी प्रदेश सरकारले आज पूर्णता पाएको छ । प्रदेश सरकारको १२ औँ मन्त्रीका रुपमा कृष्णा केसी उर्जामन्त्री बन्नुभएको छ । मुख्यमन्त्री जोखबहादुर महराले केसीलाई मन्त्री थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।  प्रदेशमा यसअघि १० वटा मन्त्रालय रहेकोमा भागवण्डा मिलाउन सरकारले १२ वटा मन्त्रालय पुर्याोएको थियो।