Chauthoanga - Nepali News Media
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलहरूबिच सहमति
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलहरूबिच सहमति सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलहरूबिच सहमति जुटेको छ । सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताहरू सम्मिलित कार्यदलको आज बिहान गृह मन्त्रालयमा बसेको बैठकले विधेयकमा यसअघि मिल्न बाँकी रहेका सबै विषयमा सहमति जुटाएको हो । 
प्रचण्डलाई समाजवादीले विश्वासको मत दिने, नयाँ समिकरणलाई सहयोग नगर्ने
प्रचण्डलाई समाजवादीले विश्वासको मत दिने, नयाँ समिकरणलाई सहयोग नगर्ने (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।आज बसेको संसदीय दलको बैठकबाट विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरिएको उक्त पार्टीकी नेत्री एवं राष्ट्रियसभा सदस्य जयन्ती राईले बताउनुभयो । 
सांसदहरूलाई संसद् बैठकमा अनिवार्य उपस्थित हुन माओवादीको निर्देशन
सांसदहरूलाई संसद् बैठकमा अनिवार्य उपस्थित हुन माओवादीको निर्देशन माओवादी केन्द्र संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले पर्सी असार २८ गते शुक्रबार अर्थात् प्रधानमन्त्रीले विश्वासको मत लिने दिनको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गर्ने निर्णय गरेको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।