प्रधानमन्त्री प्रचण्डलाई दोस्रो पटक विश्वासको मत प्राप्त
सोमबार, चैत ६, २०७९
उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित
शुक्रबार, चैत ३, २०७९
उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित हुनुभएको छ । आज शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित हुनुभएको हो ।
उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु
शुक्रबार, चैत ३, २०७९
उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ। राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले मतगणना भर्खरै सुरु भएको जानकारी दिनुभएको हो।
नेपाल आर्थिक सङ्कट बढाउने खालका कुनै पनि ऋणको पासोमा पर्दैन : उपप्रधानमन्त्री श्रेष्ठ
बिहीबार, चैत २, २०७९
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सरकार चीनको बेल्ट एण्ड रोड (बीआरआई) परियोजनालाई सफल कार्यान्वयनमा ल्याउन दृढ रहेको बताउनु भएको छ । आज काठमाण्डौमा आयोजित ‘चाइना बेल्ट एण्ड रोड इनिसिएटिभमा १० वर्षः नेपालको अनुभव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनु भएकाे हाे ।
यस परियोजनाको कार्यान्वयनमा...
राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि भोट नहाल्ने
बुधबार, चैत १, २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आसन्न उपराष्ट्रपति निर्वाचनको मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ ।
पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले सो पदको उम्मेदवारलाई मत नदिने निर्णय गरेको नेता राजाराम श्रेष्ठले बताउनुभयो । राप्रपा राष्ट्रपतिकाे निर्वाचनमा पनि तटस्थ बस्ने निर्णय गरी मतदानमा सहभागी...
परिवर्तनलाई उल्ट्याउने कसरत जारी तर चिन्तित हुनुपर्दैनः प्रधानमन्त्री प्रचण्ड
सोमबार, फागुन २९, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेकाले सबै सचेत हुन आवश्यक रहेको बताउनुभएको छ ।
सोमबार एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अहिले पनि एकथरी मानिसहरू गणतन्त्रलाई, समावेशी समानुपातिक मान्यतालाई, देशका सबै उत्पीडित वर्ग, समुदायले पाएको अधिकारलाई खोस्न उद्धत रहेको दाबी...
नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमवार दिउँसो १ बजे
आइतबार, फागुन २८, २०७९
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमवार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ । राष्ट्रपतिको कार्यालयले उहाँको शपथका लागि सोमवार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।