Chauthoanga - Nepali News Media
तीन दलका शीर्ष नेताको बैठक सुरु
तीन दलका शीर्ष नेताको बैठक सुरु
राष्ट्रपति पौडेल द्वारा विजयादशमी शुभकामना व्यक्त
राष्ट्रपति पौडेल द्वारा विजयादशमी शुभकामना व्यक्त राष्ट्रपति रामचन्द्र पौडेलले दशैँ पर्वको संरक्षण एवं संवर्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । शुभकामना दिनुहुँदै उहाँले बडादसैँले सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थपोस् भन्ने कामना गर्नुभएको हो । 
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन लम्बियो
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन लम्बियो अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन लम्बिएको छ । १० असोज देखि सुरु भएको सम्मेलन हिजो (१४ असोज) सक्ने गरी कार्यतालिका बनाइएको थियो ।
प्रधानमन्त्री स्वदेश फिर्ता
प्रधानमन्त्री स्वदेश फिर्ता प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई आज अपराह्न स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री ओली स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री द्वय विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंहले स्वागत गर्नुभएको...
अमेरिकाबाट प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै
अमेरिकाबाट प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई आज स्वदेश फर्कंदै हुनुहुन्छ । उहाँ दिउँसो ४ बजे स्वदेश आइपुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बाढीपहिरोले जनधनको ठूलो क्षति भएको बेला भ्रमण छोट्याएर नआएको भन्दै आलोचना भइरहँदा ओली पूर्वनिर्धारित कार्यक्रम अनुसार नै आज फर्कन लाग्नुभएको हो ।
दिउँसो सर्वदलीय बैठक बस्दै
दिउँसो सर्वदलीय बैठक बस्दै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।आज दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।