Chauthoanga - Nepali News Media
मगर संस्कृति जोगाउन आबश्यक छ :मन्त्री मास्की
मगर संस्कृति जोगाउन आबश्यक छ :मन्त्री मास्की लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले मगर एकता दिवसको शुभकामना दिनुभएको छ । आज  ४२ औं एकता दिवसका अवसरमा  एक विज्ञप्ति जारी गरि मन्त्री मास्कीले  विश्वभरि छरिएर बसोबास गर्दै आएका मगर समुदायले आफ्नो पहिचानलाई जोगाउनु अहिलेको आबश्यकता रहेको बताउनुभयो ।
माओवादी केन्द्रको प्रदेश इन्चार्ज हेरफेर, कुन प्रदेशको कसलाई  जिम्मा  ?
माओवादी केन्द्रको प्रदेश इन्चार्ज हेरफेर, कुन प्रदेशको कसलाई जिम्मा ? नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । आज बसेको स्थायी समिति बैठकले सबै प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको हो । कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई जिम्मेवारी तोकिएको छ ।
कांग्रेस महासमिति बैठक : पाँच प्रतिवेदनमाथि समूहगत छलफल सुरु
कांग्रेस महासमिति बैठक : पाँच प्रतिवेदनमाथि समूहगत छलफल सुरु  नेपाली कांग्रेसको महासमिति बैठकमा प्रस्तुत गरिएको पाँचवटा प्रतिवेदनमाथि आज समूहगत छलफल सुरु भएको । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा हिजो बन्दसत्रमा पेस भएका पाँचवटा प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको हो ।
कांग्रेस महासमिति बैठक : विभिन्न नौ उपसमिति गठन, तयारी तीव्र
कांग्रेस महासमिति बैठक : विभिन्न नौ उपसमिति गठन, तयारी तीव्र नेपाली काँग्रेसले यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारीलाई तीव्रता दिएको छ ।  काँग्रेसले ‘नीति अधिवेशन’का रूपमा लिएको महासमिति बैठकलाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्न विभिन्न नौ उपसमिति गठन गरी तयारीलाई तीव्रता दिएको हो । गोदावरीमा चार दिनसम्म चल्ने महासमितिलाई व्यवस्थित एवं प्रभावकारी ढङ्गले...