पहाडी भागका केही स्थानमा वर्षा हुने
बिहीबार, कात्तिक १, २०८१
पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना
सोमबार, असोज २८, २०८१
पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको...
भोलिसम्म वर्षा र बदली, तर घनघोर वर्षा नहुने मौसमविद्को भनाइ
बिहीबार, असोज १७, २०८१
काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वी क्षेत्रमा रातिदेखि नै पानी परिरहेको छ । आज र भोलि पनि वर्षा र बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर अघिल्लो हप्ताजस्तो घनघोर र अविरल वर्षाको सम्भावना नभएको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार एकैठाउँमा लगातार पानी पर्ने सम्भावना छैन...
मौसम अपडेट-वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्- आत्तिनु पर्दैन
बुधबार, असोज १६, २०८१
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बुधबार र बिहीबार मुलुकको विभिन्न स्थानमा वर्षाको सम्भवना रहेको बताएको छ । तर अविरल वर्षाको सम्भावना नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको महाशाखाको भनाइ छ ।
मौसम शाखाको मौसमविद् गोविन्द झाले कोशी प्रदेशका केही स्थानमा, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्कादेखि...
मौसम - देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने
आइतबार, असोज १३, २०८१
देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्र्तगतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
लुम्विनी, बागमती र गण्डकी केही स्थानमा अति भारी वर्षाको सम्भावना
शनिबार, असोज १२, २०८१
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आज देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ ।
केही दिन भारी वर्षाको सम्भावना
बिहीबार, भदौ २७, २०८१
केही दिनयता मनसुनी वर्षा रोकिए जस्तो भए पनि मनसुन सकिएको छैन । एक वा दुई दिन घाम लाग्ने र फेरि अर्को एक/दुई दिन वर्षा हुने प्रवृत्ति दोहोरिरहेको छ । मनसुनी प्रणाली सक्रिय गराउन जलवाष्पको आवश्यकता बढ्दा प्राकृतिक प्रणाली अनुसार नै कहिले घाम कहिले पानीको प्रवृत्ति बढेको जल तथा मौसम पूर्वानुमान...
मनसुनी वायुको प्रभाव देशभर यथावत
आइतबार, भदौ २३, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, देशभर आंशिकदेखि साधारणतया बदली भई गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।...