Chauthoanga - Nepali News Media
दाङमा पाइपबाट ग्याँस घर-घरमा वितरण गर्न सुरु
दाङमा पाइपबाट ग्याँस घर-घरमा वितरण गर्न सुरु दाङ घोराही उपमहानगरपालिकामा फोहोरबाट ग्याँस उत्पादन गरी घर-घरमा वितरण गर्न सुरु गरिएको छ ।फोहोरबाट ग्याँस उत्पादन गरी पहिलो चरणमा घोराही १६ का ३५ घरधुरीले ग्याँस प्रयोग गरेका छन् भने ४ सय घरधुरीलाई चुलो बाँडि सकिएको छ ।
दाङमा आज रोजगार मेला
दाङमा आज रोजगार मेला
राष्ट्रपति निर्वाचनपछि यही सत्ता समीकरण नरहन सक्छ : नेता सिंह
राष्ट्रपति निर्वाचनपछि यही सत्ता समीकरण नरहन सक्छ : नेता सिंह नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचन पछि यही सरकार कायमै रहनेमा आशङ्का व्यक्त व्यक्त गर्नुभएको छ ।  आज प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पुरानो गठबन्धनबुतिनेनबुतिने यकिन भन्न नसकिए पनि यही समीकरण कायम नरहने सङ्केत देखिएको बताउनुभयो ।  
प्रदेश स्तरिय घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनीको तयारी तीब्र
प्रदेश स्तरिय घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनीको तयारी तीब्र यही फागुन ३ गतेदेखी १३ गतेसम्म घोराहीमा हुने ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ को तयारी तीव्र पारिएको छ । नेपाल घरेलु तथा साना उदोग महासंघ दाङको आयोजनामा हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजक मूल समितिले जनाएको छ । 
पत्रकार महासंघद्वारा नयाँ सदस्यता खुला ,माघ २५ गतेसम्म फाराम बुझाउने समय निर्धारण
पत्रकार महासंघद्वारा नयाँ सदस्यता खुला ,माघ २५ गतेसम्म फाराम बुझाउने समय निर्धारण नेपाल पत्रकार महासंघ दाङ शाखाले नयाँ सदस्यता खुला गरेको छ । पत्रकार महासंघ केन्द्रिय समितिको निर्देशन अनुसार महासंघको नयाँ सदस्यता खुला गरेको हो । महासंघ दाङ शाखाको आज वुधवार घोराहीमा बसेको बैठकले नयाँ सदस्यता खुला गरेको हो । नयाँ सदस्यताकालागी फाराम बुझाउन यही माघ २५ गतेसम्मको समय निर्धारण गरेको छ...
दाङका सबै क्रसर उद्योग बन्द
दाङका सबै क्रसर उद्योग बन्द गृहमन्त्रालयले मापदण्डविपरीत सञ्चालनमा आएका अवैध क्रसरहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएसँगै दाङमा पनि क्रसर उद्योग बन्द भएका छन् । गत पुस २० गते मन्त्रालयले निर्देशन दिएसँगै २१ गते जिल्ला प्रशासन कार्यालय दाङले  सार्वजनिक सूचना जारी गरी जिल्लामा रहेका सबै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो ।
दाङको समृद्धिको लागि भूमिका खेल्ने छौ’
दाङको समृद्धिको लागि भूमिका खेल्ने छौ’ दाङ क्षेत्र नं २ का प्रतिनिधि सभा तथा प्रदेश सभामा नव निर्वाचित सदस्यहरूले जिल्लाको समृद्धिको लागि भूमिका खेल्ने बताएका छन् ।दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन । सबै मिलेर जिल्लाको समृद्धिमा अगाडि वढ्नु पर्ने उनीहरूको भनाइ रहेको थियो ।
घोराहीका अग्नी पीडितलाई राहात दिन २ लाखको कोष स्थापना
घोराहीका अग्नी पीडितलाई राहात दिन २ लाखको कोष स्थापना दाङको घोराहीमा चार फर्निचर उद्योगका आगलागी पीडितलाई राहात उपलब्ध गराउने उदेश्यले दुई लाखको कोष स्थापना गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको मंगलवार बिहानै वसेको आकस्मिक बैठकले आगलागीबाट क्षति पुगेका उद्योगी तथा व्यावसायीलाई राहात दिनका लागि संघले २ लाखको कोष स्थापना गर्ने निर्णय गरेको संघका अध्यक्ष टंकसिह वुढाथोकीले बताउनुभयो...