दाङः सामुदायिक बन उपभोक्ता महासङघ नेपाल बङगलाचुलि स्थानिय बन महासङघको दोस्रो अधिबेशन शनिवार सम्पन्न भएको छ ।जुम्लेपानि गढि सामुदायिक बन उपभोक्ता समुहको सभाहलमा अधिबेशन सम्पन्न भएको हो ।
स्थानिय बन महासङघ बंगलाचुली अध्यक्ष रत्ना थापाको अध्यक्ष तथा बंगलाचुलि गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जि सि को प्रमुख आतिथ्यतामा अधिवेसन सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै गाउपालिका उपाध्यक्ष भक्त बहादुर जि सि ले सामुदायिक बनहरुले निति संगत र स्थानिय उपभोक्ता को हित हुनेगरि उचित कार्य योजना लियर आए गाउँपालिका त्यस्ता योजनाको छलफल गरि सहयोगका लागि तत्पर रहेको बताउनु भयो ।गाउँपालिका भौतिक बिकास भन्दा पनि स्थानियको क्षमता बिकास तर्फ उन्मुख रहेकाले सामुदायिक बनहरु सङगै स्थानिय सङघ सस्था सहकारि बिभिन्न समुहहरुको नियमनका लागि बिशेष योजना बनाउने तयारीमा रहेको बताउनुभयो ।साथै उहाले समृद बन कार्यक्रम अन्तर्गत सहजकर्ता मार्फत सामुदायिक बनहरुको क्षमता अभिबृदि कार्य योजना निर्माण मा जस्ता क्रियाकलापमा पनि सहयोग गर्ने बताउनुभयो ।
स्थानिय बन महासङघ बंगलाचुलिकी अध्यक्ष रत्ना लक्ष्मि थापाले सरकारले बन व्यवस्थापन गर्न नसकेर सामुदायिक बन महासंघलाइ जिम्मा दिएको भन्दै सबैले स्थानिय स्तरबाटै बनको संरक्षण र सम्वर्दनमा लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा स्थानिय बन महासंघकि अध्यक्ष रत्न लक्ष्मि थाप बन महासङघ दाङकि सचिब जानका के सि कोषाध्यक्ष कमलराज पोख्रेल प्रदेश बन महासंघकि प्रतिनिधि पार्वता योगि बन महासंघ दाङकि प्रतिनिधि शुसिला पौडेल पुण बहादुर मल्ल लगायत पालिका अन्तरगतका बिभिन्न सामुदायिक बनका प्रमुख तथा प्रतिनिधिहरुले बोल्नु भएको थियो ।कार्यक्रममा बोल्ने अधिकाँस बक्ताहरुले आगामि दिनमा सामुदायिक बन उपभोक्ता समुहको बिकासका लागि स्थानिय तथा सामुदायिक बन उपभोक्ता महासङघले बिभिन्न क्षेत्रमा सहजिकरण गर्नुपर्नेमा जोड दिएका थिए।
यस्तै अधिवेशनले रोमहर्ष खनालको अध्यक्षतामा ९ सदस्य समिति गठन गरेको छ ।जसको उपाध्यक्षमा चन्द्रकला घर्ति, सचिवमा शिवा गिरी, कोषाध्यक्षमा लाल बहादुर गिरी, सदस्यहरुमा चुमा राना, बम बहादुर गाहा, तुलसा कवर र कुल बहादुर वलीलाइ चयन गरेको छ ।
त्यस्तै अधिवेशनले ८ जनालाइ प्रदेश प्रतिनिधिको लागि छनोट गरेको छ । नमलाल गिरी, गिरीराज खनाल, सोक बहादुर थापा मगर, कृष्ण महरा , द्रोपता पौडेल, रत्न लक्ष्मी थापा, पवित्रा डाँगि र शान्ति घर्तिलाइ छनोट गरेको छ ।