कमिरेचौर - बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरले बचत गरेर मात्र खर्च गर्ने वानिको विकास भएमा पारिवारिक खर्च व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभएको छ । उहाँले वचत विनाको खर्चले व्यक्तिगत जीवनमा आर्थिक समस्या उत्पन्न हुन सक्ने बाताउनुभयो ।उहाले हरेक व्यक्तिले बचत गरेर खर्च गरेमा खर्चव्यवस्थापनमा ठुलो मद्दत पुग्ने बताउनुभयो । बंगलाचुली गाउँपालिका वडा नम्वर ४ धामिचौरमा रहेको महिला जागृती तथा आयआर्जन कृषक समूह को दोस्रो वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै अध्यक्ष पुनले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा प्रमुख अततिथी समेत रहनुभएका पुनले समाजमा गठन गरिएका कृषक सहूहले उदाहरणीय कामगर्न सके महत्वपूर्ण उपलब्धि प्राप्त गर्न सकिने बताउनुभयो । समूहीकतामा गरिने जुनसुकै कार्यले पनि सामाजिक सहभावको विकास गर्ने बताउनुभयो । फरक प्रसंगमा बोल्दै अध्यक्ष तुल्सीराम पुनमगरले जनताले आफुहरुमाथी आसा राखेर मत दिएर काम गर्ने ठाउँमा पठाएको बताउँदै जनताको भरोसालाई टुट्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । हरेक समय जनताको पक्षमा काम गर्नका लागि आफुले कहिकतै कसैसंग गलत सम्झौता नगर्ने बताउनुभयो ।
महिला जागृति तथा आय आर्जन कृषक समुहको अध्यक्ष दुजा घर्तीको अध्यक्षता एवं बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको थियो । साधारण सभामा समूहका कोषाअध्यक्ष मति डाँगीले आर्थिक प्रतिवेदन,सचिव पिमा पौडेलले समूहको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा रेडियो बंगलाचुलीका स्टेशन म्याजेजर जीवन नेपाली , लिला जिसी,विष्ना तिवारी ,प्रेम नेपाली,गोपाल विक,भिमनिधि तिवारी ,धनिराम नेपाली लगाएतले बोल्नुभएको थियो ।
समूहकी उपाध्यक्ष कला खत्रीको स्वागत मनतब्यबाट सूरुभएको कार्यक्रमको सहजीकरण पीमा पौडेलले गर्नुभएको थियो । सो अवसरमा समूहलाई सहयोग पुराउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान पत्रले सम्मान गरीएको थियो ।