Chauthoanga - Nepali News Media
बंगलाचुलीका जनतालाइ सधै डक्टरी सेवा दिने अवस्थाको सिर्जना गर्न लागिपरेका छौँ : प्रदेश सभा सदस्य खनाल 

कमिरेचौरः  दाङको बंगलाचुली गाउँपालिकामा महिला प्रजनन तथा दन्त रोग सम्बन्धी  एक दिने निशुल्क स्वास्थ्य शिविर शुक्रवार सम्पन्न भएको छ ।समाज कल्याण केन्द्र नेपालको आयोजना, नेपाल परिवार नियोजन संघ दाङको सहआयोजना बि आर डेन्टल, महेन्द्र फार्मेसि घोराहीको सहयोग  र बंगलाचुली गाउँपालिकाको कार्यालयको व्यवस्थापनमा शिविर सम्पन्न भएको हो ।समाज कल्याण केन्द्रका अध्यक्ष निर्मला गौतमको अध्यक्षता एवं लुम्बिनी प्रदेश सभा सदस्य राजु खनालको प्रमुख आतिथ्यता, बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसिराम पुन मगर सुवासको विशिष्ट आतिथ्यतामा शिविर सम्पन्न  भएको हो । 
शिविर उद्घाटन कार्यक्रममा बोल्दै लुम्विनी प्रदेश शभा सदस्य राजु खनालले स्थानियतह, प्रदेश, र संघीय निर्वाचनको समयमा जनताको सामु उठाएको कुरा पुरा गर्ने बेला भएको बताउनुभएको छ । उहाँले दाङ जिल्ला सुगम जिल्ला भएपनि बंगलाचुली गाउँपालिका दुर्गम ठाउ भएको बताउँदै यहा जनताले सहजरुपा स्वास्थ्य सेवा पाउन नसकेको उहाँले बताउनुयो । कतिपय कानुनी समस्यको कारण हाल निर्माण भएको बंगलाचुली अस्पतालमा केन्द्र सरकार र प्रदेश सरकारले डाक्टरको दरबन्दी मिलान नगरेको बताउदै  तत्कालिन अवस्थामा डाक्टरको व्यवस्थापनका लागि आफुहरु लागेको बताउनुभयो । उहाँले बंगलाचुलीका जनतालाइ सधै डक्टरी सेवा दिने अवस्था सिर्जना गर्न संघ र स्थानिय सरकार सँग समन्वय गर्ने बताउनुभयो ।
अस्पताल संचालनका लागि  गाउँपलिकाको बजेटले मात्रै थेग्न नसक्ने भन्दै केन्द्र प्रदेश सरकारबाटै डक्टर र अन्य कर्मचारीको सेवासुविधा व्यवस्थापन गरी गाउँपालिकामा आएका बजेट जनताको विकास निर्माणमा लगाउन पहल गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसिराम पुनमगरले  बंगलाचुलीका नागरिकहरुलाइ गुणस्तरिय स्वास्थ्य सेवा पुर्याउनको लागि आफुहरुले निरन्तर लागि परेको बताउनुभएको छ । बंगलाचुली गाउँपालिकाका महिलाहरुमा प्रजनन स्वास्थ्य  सम्बन्धि  विभिन्न खालका समस्या रहेको पाईएको भन्दै महिलाहरुमा भएको रोगको निदानको लागि  आफुहरुले विभिन्न क्षेत्रसँगको सहकार्यमा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै जाने बताउनुभयो ।
महिलाहरुको प्रजनन स्वास्थ्यको बारेमा बंगलाचुली गाउँपालिका गम्भिर रहेको  भन्दै महिलाहरुलाइ बेला बेलामा स्वास्थ्य सम्बन्धी शिविरहरुमार्फत विशेषज्ञ स्वास्थ्य सेवा पुराउने बताउनुभयो । कार्यक्रममा बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, अस्पतालका सिअहेब अधिकृत नेब बहादुर के सि, डाक्टर भुवनेश्वर भुसाल,  नेपाली काङ्ग्रेस बंगलाचुली गाउँपालिका सभापति जागेश्वर अधिकारी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा धन्यवाद मन्तव्य समाज कल्याण केन्द्रका उपाध्यक्ष निरजा पोख्रेलले दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन समाज कल्याण केन्द्रकी सचिव जानका केसिले गर्नुभएको थियो ।
शिविरमा १५० जना महिलाहरुले प्रजनन स्वास्थ्य सम्बन्धी जाँच भएको थियो । जसमध्येमा २ जनामा जटिल केस देखिएको थियो ।भने ८० जना व्यक्तिले दन्त सम्बनन्धी सेवा लिएका थिए । जसको करिव १५ प्रतिशत व्यक्तिमा सुर्तिजन्य पदार्थको सेवनको कारणले समस्या देखिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  २१:५४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको