Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकामा महिला प्रजनन स्वास्थ्य तथा दन्त रोग सम्बन्धि एक दिने निसुल्क स्वास्थ्य शिविर सम्पन्न

कमिरेचौरः दाङको बंगलाचुली गाउँपालिकामा महिला प्रजनन तथा दन्त रोग सम्बन्धी  एक दिने निसुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।समाज कल्याण केन्द्र नेपालको आयोजना, नेपाल परिवार नियोजन संघ दाङको सहआयोजना बि आर डेन्टर महेन्द्र फार्मेसि घोराहीको सहयोग  र बंगलाचुली गाउँपालिकाको कार्यालय कमिरेचौरको व्यवस्थापनमा शिविर सम्पन्न भएको हो ।समाज कल्याण केन्द्रका अध्यक्ष निर्मला गौतमको अध्यक्षता एवं लुम्बिनी प्रदेश सभा सदस्य राजु खनालको प्रमुख आतिथ्यता, बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसिराम पुन मगर सुवासको विशिष्ट आतिथ्यतामा शिविर सम्पन्न 

 

भएको हो । सो अवसरमा बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसिराम पुन मगर सुवास, बंगलाचुली अस्पतालका सि अहेब अधिकृत नेब बहादुर के सि, डाक्टर भुवनेश्वर भुसाल, र नेपाली काङ्ग्रेस बंगलाचुली गाउँपालिका सभापति जागेश्वर अधिकारी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसिराम पुन सुवासले  बंगलाचुलीका नागरिकहरुलाइ गुणस्तरिय स्वास्थ्य सेवा पुर्याउनको लागि आफुहरुले निरन्तर लागि परेको बताउनुभएको छ । बंगलाचुली गाउँपालिकाका महिलाहरुमा प्रजनन स्वास्थ्य  सम्बन्धि  विभिन्न खालका समस्या रहेको भन्दै महिलाहरुमा भएको रोगको निदानको लागि  आफुहरुले विभिन्न क्षेत्रसँगको सहकार्यमा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै जाने बताउनुभयो ।महिलाहरुको प्रजनन स्वास्थ्यको बारेमा पनि बंगलाचुली गाउँपालिका गम्भिर रहेको  भन्दै महिलाहरुलाइ बेला बेलामा स्वास्थ्य सम्बन्धी शिविरहरुमार्फत विशेषज्ञ स्वास्थ्य सेवा पुराउने बताउनुभयो । कार्यक्रममा धन्यवाद मन्तव्य समाज कल्याण केन्द्रका उपाध्यक्ष निरुजा पोख्रेलले दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन समाज कल्याण केन्द्रकी सचिव जानका केसिले गर्नुभएको थियो ।

शिविरमा १५० जना महिलाहरुले प्रजनन स्वास्थ्य सम्बन्धी जाँच भएको थियो । जसमध्येमा २ जनामा जटिल केस देखिएको थियो ।भने ८० जना व्यक्तिले दन्त सम्बनन्धी सेवा लिएका थिए । जसको करिव १५ प्रतिशत व्यक्तिमा सुर्तिजन्य पदार्थको सेवनको कारणले समस्या देखिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १६:४१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको