प्रधानमन्त्री प्रचण्डलाई दोस्रो पटक विश्वासको मत प्राप्त
काठमाण्डौः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउनुभएको छ । आज सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएको मतदानमा उहाँले दोस्रो पटक विश्वासको मत पाउनुभएको हो । आजको बैठकमा २ सय ६२ सांसद उपस्थित भएका थिए । त्यसमध्ये १ सय ७२ जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हुन् ।
यसअघि गत पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभएको थियो । प्रधानमन्त्रीलाई संसदमा उपस्थित दुई सय ७० मध्ये दुई सय ६८ सांसदले विश्वासको मत दिएका थिए । त्यति बेला सरकारमा सहभागी भएका र समर्थन गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संवैधानिक व्यवस्थाअनुसार फेरि विश्वासको मत लिनुभएको हो ।
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९ १७:४३
प्रतिक्रिया दिनुहोस्