Chauthoanga - Nepali News Media
दाङको चार वटै क्याम्पसमा अखिलका उम्मेदवार विजयी

दाङः  दाङका चार वटा क्याम्पसमा  भएको स्ववियु निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । चार वटै क्याम्पसमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका उम्मेदवार निर्वाचित भएका छन ।

नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पसमा अखिल संयुक्तको प्यानल बिजयी भएको छ । अखिल संयुक्तका हेमन्त बञ्जाडेले ८३ मत प्राप्त गरी बिजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्दी स्वतन्त्र उम्मेद्वार अजयप्रताप चोबेले ६१ र नेविसंघकन बसन्त अधिकारीले ४५ मत प्राप्त गर्नुभएको थियो । १९७ मतदाता रहेको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पसमा एक सय ८९ मत खसेको थियो ।

 

यस्तै देउखुरी बहुमुखी क्याम्पसमा पनि अखिलको संयुक्त प्यानल विजय भएको छ । नेपाल विद्यार्थी संघका उम्मेदवारलाई हराउँदै अखिलको संयुक्त प्यानल विजय भएको हो । अखिलका भरत भुसालले १३५ मतले विजय हुनुभएको छ । भुसालले ४५४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका शिशिर वलीले ३१९ मत प्राप्त गर्नुभएको छ । सचिवमा विकास भट्टराई ४२० मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । नेविसंघका चन्द्रमान यादवले ३३९ मत प्राप्त गर्नुभयो  । कोषाध्यक्षमा विशाल पौडेलले ३८३ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । सरिना खातुनले २६९ मत प्राप्त गर्नुभयो । सदस्यमा मोनिका बुढामगर (४२३), उर्मिला चौधरी (४२७), निर्मला खनाल (४२६), विना पोख्रेल (४०२), पुष्पा पोख्रेल (४१६), पवन वली (४२०), राहुलदेव चौधरी (४२७) मत प्राप्त गर्दै विजय हुनुभएको छ । यो क्याम्पसमा १ हजार १३९ मतदाता थिए । जसमा ७८६ जनाको मत खसेको थियो ।

 

यस्तै ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा अखिलको प्यानल निर्वाचित भएको छ । सभापतिमा बिष्णा भण्डारी (संगिता) १३ मतले निर्वाचित हुनुभएको छ । उहाँले १३३ मत प्राप्त गर्नुभयो । नेपाल विद्यार्थी संघका भुवन भट्टराईले १२० मत प्राप्त गर्नुभयो । सभापतिमा विनोदकुमार सोनीले ११४ र मनोज थापाले २९ मत प्राप्त गर्नुभयो । सचिवमा अखिल प्यानलका अशोक खनालले १७५ मत प्राप्त गर्नुभएको छ । नेपाल विद्यार्थी संघका अरुण पौडेलले १०२, केशवराज खनालले २४ र आकाश केसीले ९५ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा अखिलकै टिकाराम रावतले २५८ मत प्राप्त गरेर निर्वाचित हुनुभयो । सदस्यमा सिद्धार्थ सुवेदी (१९६), माया कुमाल (१९९), फरिदा प्रविन (१८१), निमराज गौतम (२१६), विवेक घर्तीमगर (१८५) निर्वाचित हुनुभएको छ ।

यस्तै गढवा बहुमुखी क्याम्पसमा समाजवादी निकट अनेरास्ववियुका इबराज यादव सभापति पदमा निर्वाचित हुनुभएको छ । यादवले ६३ मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका गोविन्द यादवले ४१ मत प्राप्त गर्नुभयो । सभापति पदमै अखिल क्रान्तिकारी वैद्य निकटका विशाल यादवले चार मत प्राप्त गर्नुभयो । कुल १७९ मतदाता रहेको क्याम्पसमा जम्मा ११३ मत खसेको थियो । स्ववियु निर्वाचनमा उक्त क्याम्पसमा एकीकृत समाजवादी निकट अनेरास्ववियु र वैद्यनिकट अखिल क्रान्तिकारीले एक्ला/एक्लै मनोनयन दर्ता गराएका थिए भने अखिल क्रान्तिकारीले गठबन्धन गरेको थियो । सचिवमा एकीकृत समाववादी निकट अनेरास्ववियुकी पुष्पा खड्का निर्वाचित हुनुभएको छ। उहाँले ७० मत प्राप्त गर्नुभयो । अखिल छैठौंकी पुष्पा धितालले ३८ मत ल्याउनुभयो । कोषाध्यक्षमा वैद्यनिकट अखिल क्रान्तिकारीका ओमप्रकाश यादव ७९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा नेपाल विद्यार्थी संघका सुदीप बुढाथोकीले ३१ मत प्राप्त गर्नुभयो ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ०९:२७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको