Chauthoanga - Nepali News Media
अन्तराष्ट्रिय श्रमीक महिला दिवस बंगलाचुलीमा विभिन्न कार्यक्रमगरी मनाईयो

 कमिरेचौर- ११३ औँ अन्तराष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा दाङको बंगलाचुलीमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । बंगलाचुली गाउँपालिकाको ८ वटै वडामा विभिन्न औपचारीक कार्यक्रमको आयोजना गरि श्रमीक महिला दिवस मनाईएको हो ।

बंगलाचुली गाउँपालिकाको ८ वटै वडा कार्यालयको आर्थिक सहयोग तथा वडामा क्रियासिल विभिन्न गैर सरहकारी संस्थाको आयोजनामा श्रमीक महिला दिवस मनाईएको हो । सो कार्यक्रममा बोल्ने अधिकासं सरोकारवालाहरुले पुरुष र महिला विचको विभेदलाई अन्त्य गर्नका लागि सबैले आफ्नो घरदेखि विभेदको विरुद्धको अभियान थाल्नु पर्नेमा जोड दिएका छन् ।उनिहरुले परिवारमा हुने महिला विरुद्धको विभेद अन्त्य भएमा सिङ्गो राष्ट्रबाट विभेद कमहुने जिकिर गरेका छन् ।

यसैविच बंगलाचुली गाउँपालिकाको कमिरेचौरमा ११३ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । बंगलाचुली गाउँपालिका वडा नम्वर ३ को आर्थिक सहयोग तथा साझा विकास मुल समिति,कमिरेचौर महिला वचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजना कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले महिला र पुरुष विचमा समानता नहुँदा सम्म सभ्य समाजको परिकल्पना गर्न नसकिने बताउनु भयो । उहाँले पुरुषले महिलालाई हरेक क्षेत्रमा समान सहभागिकाका निमित्त प्रोत्साहान गर्नु पर्नेबाताउनु भयो ।

यसैगरी कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालि वडा नम्वर ३ का अध्यक्ष एवं बंगलाचुली गाउँपालिकाका प्रवक्ता शोभाराज विश्वकर्माले हरेक पुरुषले आफ्नो घरबाट महिलालाई अधिकार सम्पन्न बनाउनका लागि सहयोग गर्नु पर्नेबताउनु भयो ।उहाँले अहिलेको महिला सहभागिका विनाको समाजको परिकल्पना गर्नै नसकिने बताउँदै हरेक क्षेत्रमामा महिलाको सहभागिता आवश्यकता हुने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका उहाँले महिलाका कारण सुन्दर समाजको निर्माण भएको र महिलाविनाको समाज अधुरो अनि अपुरो हुने बताउनुभयो ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका वडा नम्वर ३ का वडा सचिव,रेडियो बंगलाचुलीका स्टेसन म्यानेजर जीवन नेपाली,बंगलाचुली अस्पत्तालका अनमी दुर्गा क्षेत्री,समाज विकास संजालका अध्यक्ष भिम बहादुर राना लगाएतले शुभकामना मनतब्य राख्नु भएको थियो ।

स्थानिय जेष्ठ महिला डोमा वलीको अध्यक्षता एवं बंगलाचुली गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्माको प्रमुख आतिथ्यता र समाज विकास संजालका अध्य भिम बहादुर रानाको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा लोकगित प्रतियोगिता,कुर्सीदौड प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतियोगिताका प्रथम,द्वितिय र तृतिय स्थान प्राप्त गर्ने प्रतियोगिलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा वडाँ नम्वर तिनका महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । दुजा घर्तीको स्वागत मनतब्य बाट सुरुभएको कार्यक्रको सहजिकरण कमिरेचौर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दुर्पता पौडेलले गर्नुभएको थियो ।यसैगरी आज बंगलाचुली गाउँपालिकाको वडा नम्वर एक, दुई, चार ,पाँच ,छ ,सात र आठका विभिन्न स्थानमा यसैगरी विभिन्न कार्यक्रम गरी ११३ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम गरी मनाईएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  २१:०२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको