दाङ – पुरातनवादी सोचलाई परिवर्तन गर्न आवश्यक रहेको लुम्बिनी प्रदेश सभा सदस्य प्रचण्डविक्रम न्यौपाने (गुण्टु) ले बताउनु भएको छ । उहाँले दलितलाई हेर्ने दृष्टिकोण र सोच परिवर्तन भए मात्र जातिय विभेद अन्त्य हुने बताउनु भयो ।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल, दाङ शाखाको १२ औं स्थापन दिवसको अवसरमा बोल्दै प्रदेश सांसद न्यौपानेले अहिलेको समयमा दलितको अधिकार समाजमा बस्ने सबैको अधिकार हो भन्ने बुझेर सबैले आवाज उठाएर अघि बढ्न आवश्यक बताउनु भएको हो ।
तुलसीपुर उपमहानगरापलिका प्रवक्ता एवं वडा नम्बर १८ का वडा अध्यक्ष माधव ओलीले पत्रकारिता समाजको ऐना पनि भएको हुनाले समाजमा रहेका कुरीति, अन्धविश्वासहरूलाई चिर्दै, समुन्नत समाज निमार्णमा पहल गर्न आवश्यक भएको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ शाखा दाङका सल्लाहकार एवं प्रेस यूनियन लुम्बिनी प्रदेशका अध्यक्ष सुदिप गौतमले जातीय विभेद अन्त्यका लागि लामो समय देखि विभिन्न नीतिगत र संरचनात्मक प्रयासहरू हुँदै आएको बताउनु भएको छ ।
कार्यक्रममा तुलसीपुर ११ का वडा अध्यक्ष मान बहदुर रावत, सामुदायिक रेडियो प्रसारक संघ (अको¥याव) का केन्द्रिय सदस्य संगीत बस्याल, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदी, जनजाति पत्रकार संघ दाङका अध्यक्ष प्रेम बहादुर राम्जा, जनपत्रकार संगठन दाङका इन्चार्ज हेमन्त प्रकश ओली, दलित अधिकारकर्मी खेमराज बिश्वकर्मा, दलित आधिकारकर्मी निर्मल नेपाली, दलित महिला संघका अध्यक्ष युबा करारा, दलित अभियान्ता देउमन दमाई लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
दिवसको अबसरमा सम्मान
स्थापना दिवसको अबसरमा संघले पत्रकारिताको माध्यमबाट समतामुलक समाज निर्माणमा कलम चलाएकोमा दलित पत्रकार प्रतिभा पुरस्कारबाट रेडियो हाम्रो पहुँचमा कार्यरत रमा नेपाली र रेडियो स्वर्गद्धारीमा कार्यरत देबका परियारलाई पुरस्कृत गरेको हो । त्यस्तै, संघका पुर्व उपाध्यक्ष एवं तुलसीपुर कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्मा, अग्रज दलित पत्रकारहरु जीवन नेपाली, सुवास परियार, अरुण नेपाली र नारायण परियारलाई संघले सम्मान गरेको छ ।
राष्ट्रिय दलित पत्रकार संघ दाङका अध्यक्ष बसन्त परियारको अध्यक्षता तथा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य प्रचण्ड बिक्रम न्यौपानेको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिकाका नगर प्रवक्ता माधव ओलीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । दलित पत्रकार संघ दाङ शाखाका उपाध्यक्ष गिरीराज नेपालीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका सचिव अर्जुन परियारले गर्नु भएको थियो ।