Chauthoanga - Nepali News Media
शिक्षाको विकास संगै मानविय विकास आजको आवश्यकता :बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगर
महेन्द्र नमुना माद्यामिक विद्यालयको वार्षिक उत्सव समारोह .jpg

कमिरेचौर - बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर (शुवास)ले शिक्षाको विकास संगै मानविय विकास पनि आजको आवश्यकता रहेको बताउनुभएको छ । उहाँले शिक्षा संगै मानविय विकास नहुँदा सम्म सम्मुनत समाजको परिकल्पना गर्न नसकिने बताउनुभयो । 

बंगलाचुली गाउँपालिका वडा नम्वर तिनमा रहेको महेन्द्र नमुना माध्यामिक विद्यालय श्रीवारी दाङको ६२ ‍औँ वार्षिक उत्सव समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष पुनले सोकुरा बताउनुभएको हो । अध्यक्ष पुनले हरेक विद्यालयमा शिक्षा संगै संस्कारको पनि विकास गर्नु पर्ने बताउनुभयो । उहाँले शिक्षालाई सुधार गर्नका लागि गाउँपालिकाले विषेश प्राथमिकता दिएको बताउनु भयो । उहाँले अविभावकहरुले घरमा आफ्ना नानि बाबुहरुको विषेश प्राथकिता दिन समेत आग्रह गर्नुभयो । 

महेन्द्र नमुना माध्यामिक विद्यालय श्रीवारी दाङको शिक्षक अविभावक संघका अध्यक्ष शिवे दमाईको अध्यक्षता एवं बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर (शुवास)को प्रमुख आतिथ्यमा ६२ ‍औँ वार्षिक उत्सव समारोह सम्पन्न भएको थियो । कार्यक्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसी,विद्यालय व्यवस्थापन समितका अध्यक्ष एवं बंगलाचुली गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा,वडा नम्वर ४ का अध्यक्ष डाँस बहादुर डाँगी लगाएतले बोल्नुभएको थियो ।

वार्षिक उत्सव कार्यक्रममा विद्यालयका पूर्व शिक्षक,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगाएतलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयको आर्थिक तथा संस्थागत कार्यप्रगति विवरण विद्यालयका प्रधानाध्यापक ईन्द्र बहादुर वुढाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण शिक्षक चेतनाथ पौडेलले गर्नुभएको थियो । सो अवसरमा विद्यालयका विद्यार्थिहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु राखेका थिए ।कार्यक्रममा विद्यार्थि, अविभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

यसैविच सुधा माद्यामिक विद्यालय बंगलाचुली पाँच को पनि ६२ ‍औँ वार्षिक उत्सव तथा संग्राहलय सिलालेख उद्घाटन र आम्दानी खर्च सार्वजनिक कार्यक्रम आज सम्पन्न भएको छ ।विद्यालय व्यबस्थापन समितिका अध्यक्ष एनुराज खत्रीको अध्यक्षता एवं बंगलाची गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर शुवासको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसी, वडा नम्वर ५ का अध्यक्ष लिला बहादुर घर्ती, वडा नम्वर ६ काअध्यक्ष डोम बहादुर केसि, शिक्षा शाखा प्रमुख ओम केसी, , शिक्षकहरु  जित बहादुर वलि,दलबहादुर खत्री,खिमान वलि, भिम बहादुर वलि शिक्षक अभिभावक संघको अध्यक्ष, काशिराम वली लगाएतले बोल्नुभएको थियो । 

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १८:१५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको