Chauthoanga - Nepali News Media
माओबादी केन्द्र बंगलाचुलीले एक महिने संगठन विस्तार अभियान संचालन गर्ने

कमिरेचौर - नेकपा माओबादी केन्द्र बंगलाचुली गाउँपालिकाले पार्टीलाई चुस्तराख्नका लागि एक महिने संगठन विस्तार अभियान संचालन गर्ने भएको छ । पार्टीले बंगलाचुली गाउँपालिकाको ८ वटै वडाका टोल-टोलमा टोल कमिटी गठन,पुनर्गठन, जनवर्गिय संगठन निर्माण जस्ता काम गर्ने निर्णय गरेको हो । नेकपा माओबादी केन्द्र बंगलाचुली गाउँपार्टी कमिटिको मंगलबार आज कमिरेचौर मा सम्मपन्न भएको बैठकले यस्तो निर्णय गरेको हो ।   

साथै नेकपा माओबादी केन्द्र बंगलाचुलीले पार्टीका सदस्यहरुलाई स्कुलिङ समेत गर्ने भएको छ । संगठनमा आवद्ध पार्टीका सदस्यहरुलाई कम्युनिष्ट आन्दोलन,माओबादी केन्द्रको योगदाले देशमा आएको परिवर्तन,लगाएतका विविध विषयमा स्कुलिङ गरिने छ । जसको लागि पाँच सदस्यिय स्कुलिङ विभाग समेत गठन गरिएको छ । जसको संयोजकमा गिरराज बाँठामगर,सदस्यहरुमा शोभाराज विश्वकर्मा,लिला बहादुर घर्ती,चुके सुनार(मदन) र प्रेम बहादुर सारु मगर रहनुभएको छ ।

333231719_713258913619186_5110854980653815295_n1677587311.jpg

त्यसैगरी बैठकले नेकपा माओबादी केन्द्र बंगलाचुली गाउँकमिटीको रिक्तरहेको पदमा सदस्यहरुलाई मनोनित गरेको छ । जसमा वडा नम्वर एक बाट दमोदर दसौदी,कमल कवरमगर, दुईबाट खेतुलाल विक ,भुप बहादुर सुनार,पाराश्वर पुन, वडा नम्वर तिनबाट रिषिराम विक,श्यामलाल सार्की, वडा नम्वर चार बाट टोमलाल घर्ती,तेज बहादुर आग्री, वडानम्वर छ बाट भक्त बहादुर खत्री, त्यसैगरी वडा नम्वर सात बाट दुर्गा समाल,रिम बहादुर सारु,तिर्थ बहादुर कवर, लाल बहादुर सारु ,पुरन सारु र वडा नम्वर आठबाट होताराम खत्रीलाई गाउँकमिटी सदस्यमा मनोनित गरिएको छ । 
 यसैगरी बैठकले वडामा रिक्त रहेका वडा ईन्चार्ज,सह-ईन्चार्जहरु पनि थप गरेको छ । जसमा वडा नम्वर एकको सह-ईन्चार्जमा रिषिराम घर्ती क्षेत्री लाई ,वडा नम्वर दुईको ईन्चार्जमा हिमा थापालाई, वडा नम्वर तिनको सह-ईन्चार्जमा भुप बहादुर सुनारलाई,वडा नम्वर चारको सहईन्चार्जमा टोमलाल घर्तीमगर लाई ,वडा नम्वर सातको ईन्चार्जमा दिल बहादुर लोहारलाई र वडा नम्वर आठको सह-ईन्चार्जमा खिम बहादुर सारुलाई मनोनित गरिएको छ । 
 
नेकपा माओबादी केन्द्र बंगलाचुली गाउँपार्टी कमिटी अध्यक्ष डोमाकान्त कमवर मगरको अध्यक्षता एवं पार्टीका दाङ जिल्ला संयोजक तुल्सीराम पुनमगर (शुवास)को प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको थियो । बैठकमा गाउँकमिटीका सदस्यहरुको सहभागिता रहेको थियो । बैठकमा नेकपा माओबादी केन्द्र लुम्विनि प्रदेश कमिटी सदस्य एवं दाङ जिल्ला संयोजक तुल्सीराम पुनमगर (शुवास),पार्टीका लुम्बिनि प्रदेश कमिटी सदस्य चुरामणी नेपाली , प्रदेश कमिटी  सदस्या भक्त बहादुर वली लगाएतले मनतव्य राख्नुभएको थियो । सो अवसरमा बोल्ने बक्ताहरुले बंगलाचुलीमा माओबादी केन्द्रको भविष्य उज्वल रहेको बताउँदै पार्टीलाई शसक्त ढंङ्गबाट अगाडी लैजानु पर्नेमा जोड दिएका छन् । 


 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको