ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद चन्द्र भण्डारी र उहाँकी आमा घाइते
काठमाण्डाै - खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद चन्द्र भण्डारी घाइते हुनुभएको छ ।
गएराति आफ्नै घर काठमाण्डौको बुद्धनगरमा ग्यास सिलिण्डर पड्किँदा सांसद भण्डारी र उहाँकी ८६ वर्षीया आमा घाइते हुनुभएका नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ ।
घाइते दुवै जनाको काठमाण्डौको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न डाक्टरका अनुसार भण्डारीको झण्डै २५ प्रतिशत र उहाँकी आमाको ७० प्रतिशत शरीर जलेको छ ।
नेपाली कांग्रेसका नेता भण्डारी गएको मंसिरमा भएको प्रतिनिधि सभा सदस्य चुनावमा गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९ ०७:१७
प्रतिक्रिया दिनुहोस्