Chauthoanga - Nepali News Media
लखनपार्कमा नेपालका प्रथम सहिद क्या. लखन थापा मगरको शालिक अनावरण

-कमल कवर मगर,
दाङ-
नेपालका प्रथम सहिद क्या. लखन थापा मगरको १४६ औ स्मृतिदिवसको अवसर पारी घोराही उप-महानगर पालिका वडा नं. १४ स्थित लखन पार्कमासहिद थापा मगरको पूर्ण कदको शालिक लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्रीलिला गिरीले अनारवरण गर्नु भएको हो ।

नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिको संयोजनमासहिद लखन थापा मगरको अर्धकदको पुरानो शालिकलाई प्रतिस्थापन गरी ६ फिटकोपुर्ण कदको ढलौट शालिक लुम्बिनी प्रदेश प्रर्यटन डिभिजन कार्यालयको १५ लाख रुपैया,घोरही उ.म.न.पा. बाट २ लाख रुपैया, घोरही उ.म.न.पा. १४ नं. वडाबाट १ लाख ५० हजार रुपैया र विभिन्न सहयोगी दाताहरु बाट आर्थिक सहयोगस्वरुप रु ४ लाख २९ हजार ६ सय ८ रुपैया गरी जम्मा १८ लाख ९२ हजार६ सय ८ रुपैया लागत खर्चमाशालिक निर्माण, पानी फोहरा निर्माणतथा पार्कको विभिन्न मर्मत सम्भार सहित सहिद थापा मगरकोशालिक अनावरण गरिएको शालिका निर्माणसमितिका संयोजक खलु प्रसाद पुन मगरले जानकारी दिनुभयो । शालिकयाङ्सी आर्ट स्टीडियो काठमान्डौले निर्माण गरेको थियो ।

11676390759.jpg
नेपाल मगर संघदाङ जिल्ला समन्वय समितिका वरिष्ठ उपध्यक्ष भुक्त बुढा मगरको स्वागत मन्तब्य बाट सुरु भएको लखन थापा मगर स्मृति दिवस कार्यक्रको अध्यक्षता ने.म.सं. दाङ जिल्ला अध्यक्ष डिल्ली घर्ति मगरको रहेको थियो । थापा मगरको  प्रमुख अतिथित्यता लुम्बिनी प्रदेश मुख्यमन्त्री अध्यक्ष डिल्ली घर्ति मगरको बताउनु भयो । शालिक अनावरण तथा शुभकामना दिनुहुदै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश मुख्यमन्त्री गिरीलेनेपालका प्रथम सहिद लखन थापा मगरको बलिदानी पूर्ण त्याग र जनअधिकारस्थापनाका लागि गरेको कठिन संघर्ष प्रतिको सम्मान सबैले गर्नु पर्नेदायित्व रहेको साथै लोकतन्त्र र न्यायप्रेमी सम्पूर्ण नेपाली जनताहरुकोगौरवको विषय रहेको बताउनु भयो ।

21676390912.jpg
घोराहीको लखन पार्क परिसरमा सम्पन्न लखन स्मृति दिवस तथा शालिक अनावरण कार्यक्रममा लुम्बिनी प्रदेश सामसद राजु खनाल, नेपाल मगर संघ केन्द्रिय उपाध्यक्ष दर्जित रोका मगर, घोराही उ.म.न.पा. मेयर नरुलाल चौधरी, घोराही १४ नं. वडाका अध्यक्ष भान सिं बुढा मगर, नेपाल मगर संघ केन्द्रिय उपमहासचिब सावित्रा राना मगर, ने.म.सं. केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सितलाल पुन मगर, ने. क. पा. माओवादी  केन्द्रका दाङ जिल्ला इन्चार्ज निर्मल आचार्य, ने.क.पा. एमाले दाङ जिल्ला अध्यक्ष हुकुम बस्नेत लगाएतले शुभकामना सहितसहिदलखन थापा मगरको त्याग र योगदानको चर्चा गर्दै राज्यले उहाँ प्रतिकोदायित्व बोध गर्नु पर्नेमा जोड दिनु भएको थियो । उक्त कार्यक्रमको सहजिकरणनेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिका सह-सचिव नरेन्द्र बुढा मगर (बलु) ले गर्नु भएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  २१:४६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको