दाङ- लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री ईन्द्रजित थारुले संघिय गणतन्त्र स्थापना भएपछि गाउँस्तरमा खेलकुद पुगेको बताउनुभएको छ । उहाँले संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना संगै राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गाउँ गाउँमा पुगेर ग्रामिण वस्तिमा खेलकुदको विकास भएको बताउनुभयो । मन्त्री थारुले खेललाई मावन जिवनको अभिन्न अंगकोरुपमा विकास गर्नु पर्नेमा जोड दिनुभयो ।
विज्ञान र प्रविधिको विकास संगै मान्छेहरु अल्छी बन्दै गएको हूँदा विज्ञान र प्रविधिको विकास संगै खेलकुदको विकास गर्न नसकेमा रोगि मानिसहरुको संख्या बढ्दै जाने मन्त्री थारुको भनाई छ। दाङको बंगलाचुली गाउँपालिकामा आज देखि सुरुभएको गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री थारुले यस्तो बताउनुभएको हो । मन्त्री थारुले हरेक नागरिक दक्ष र शिक्षित हुनु पर्ने बताउनुभयो । उहाँले नागरिक दक्ष र शिक्षित भएमा देशमा आर्थिक वरिवर्तन हुने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मन्त्री थारुले संविधानले व्यवस्था गरेअनुसकार राज्यले माध्यामिक तह सम्मका शिक्षा निशुल्क गराउने तथा नागरिकका आधारभूत आवश्यकतालाई गाउँघरमै पुराउने राज्यको दायित्व रहेको बताउनुभयो । उहाँले बंगलाचुली गाउँपालिकाको विकासका लागि निरन्तर लाग्ने बताउनुभयो । बंगलाचुलीको भौतिका विकासका लागि हरेक क्षेत्रमा आफुले पहल गर्ने समेत बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तुल्लसीराम पुनमगर शुवासले बंगलाचुलीको विकासका लागि खेलकुद प्रतियोगिताले पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । अध्यक्ष पुनले खेलकुद मानविय विकासको महत्वपूर्ण आधार भएको बताउनु भयो । उहाँले खेलकुदको विकास, गुणस्तरिय शिक्षा अनि भौतिक विकास गाउँपालिकाको मुख्य एजेन्डा रहेको बताउनु भयो ।
कार्यक्रमो विशिष्ट अतिथि समेत रहनुभएका अध्यक्ष पुनले बंगलाचुली गाउँपालिकामा भौतिक विकास संगै मानविय विकासका लागि गाउँपालिकाले महत्वपूर्ण कदम चाल्ने बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले हरेक नागरिकलाई महसुस हुनेगारी गाउँपालिकाले विकासका कामहरु गर्ने बताउनुभयो । उहाँले भौतिक विकास संगै बंगलाचुलीमा खेलकुदको विकासका लागि गाउँपालिकाले योगदान दिने बताउनुभयो ।