Chauthoanga - Nepali News Media
मानव समाजलाई सहि दिशा निर्देश गर्न दुर्व्येसनलाई अन्त्य गर्नु पर्नेमा जोड

कमिरेचौर - मानव समाजलाई सहिदिशा निर्देश गर्नका लागि हरेक प्रकारका दुर्व्येसनलाई अन्त्य गर्नु पर्ने बंगलाचुलीमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । उनिहरुले समाजमा लागुपदार्थ, ईन्टरनेट, सामाजिक संजाल,ईन्टरनेट गेम जस्ता अनेकौँ खालका कुलतहरु मौलाउँदै गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

 

328507081_938791750891518_81583978409944583_n1676033962.jpgसाथै उनिहरुले व्यक्ति,परिवार,समाज,तथा सिङ्गो देशमा रहेको यस्ता खालका कुलतलाई रोक्नका लागि नैतिक शिक्षाको आवश्यकता औल्यएका थिए ।ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल क्षेत्रीय कार्यालय, राप्ती दाङको आयोजनामा आज बंगलाचुली ५ सुधामावी झेलनेटामा आयोजित लागू पदार्थ दुर्व्यसन बिरुद्धको सचेतना कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । 

329779825_718720276328412_1174066710019809961_n1676033774.jpg

कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर (शुवास)ले मावन जीवन बदल्नका लागि हरेक मानवलाई नैतिक शिक्षा आवश्यक रहेको बताउनु भयो । उहाँले मानव समाजमा पछिल्लो समयमा विभिन्न खालका कुलतहरु मौलाउँदै गएको बताउँदै त्यस्ता खालका कुलतबाट समाजलाई मुक्ति दिलाउनका लागि हरेक क्षेत्रबाट सचेतना अभियान चलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले बंगलाचुली गाउँपालिका समाजलाई कुलत मुक्त बनाउनका लागि सचेत रहेको समेत बताउनुभयो ।  

323901973_746383590070568_2061962222161182833_n1676033750.jpg

ब्रह्माकुमारीज राप्ती क्षेत्र क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी गिता दिदीको अध्यक्षता एवं बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर शुवासको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन् भएको थियो । कार्यक्रममा सुधा मावी झेलनेटाका प्रधानाध्यापक ज्ञानेन्द्र ढकाल,रेडियो बंगलाचुलीका स्टेशन म्यानेजर जीवन नेपाली लगाएतले बोल्नुभएको थियो । लागु पदार्थ दुर्व्येसन विरुद्धको सचेनता कार्यक्रमको प्रमुख प्रशिक्षकमा वरिष्ठ राजयोगी ब्रह्माकुमार शिवलाल महतरा रहनु भएको थियो । कार्यक्रममा सुधा मावी झेलनेटाका सहायक प्रधानाध्यापक सोम बहादुर वली, ब्रह्माकुमारी अन्जना, ब्रह्माकुमारी प्रतिमा बहिनीको सहभागिता रहेको थियो ।  

330424533_796743918498443_1086091247427535156_n1676033831.jpg
  लागु पदार्थ दुर्व्येसन विरुद्धको सचेनता कार्यक्रममा सुधा मावि मा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका विद्यार्थी,शिक्षक शिक्षिका कर्मचारी समेत ब्रह्माकुमारीज संस्थाका सद्स्यहरुको उल्लेख्य सहभागीता रहेको थियो । सो कार्यक्रमको सहजीकरण ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुर्नजागरण केन्द्रका प्रवक्ता माधव तिम्लसेनाले गर्नुभएको थियो । 

329710731_857847672179782_2162335575631186410_n1676033991.jpg

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १८:३४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको