Chauthoanga - Nepali News Media
बंगलालचुली गाउँपालिकामा विद्यालय आउँदै गरेका विद्यार्थिलाई अपरिचित व्यक्तिहरुले आक्रमणगर्दा एक छात्रा घाईते

कमिरेचौर - दाङको बंगलालचुली गाउँपालिकामा विद्यालय आउँदै गरेका विद्यार्थिलाई अपरिचित व्यक्तिहरुले आक्रमणगर्दा एक छात्रा घाईते भएकी छन् । बंगलाचुली गाउँपलिका वडा नम्वर ६ गँदारी निवासी १२ वर्षिया अन्जना पुनमगर घाईते हुनुभएको हो ।बंगलाचुली गाउँपालिका वडा नम्वर ५ मा रहेको सुधा माद्यामिक विद्यालय झेलनेटामा कक्षा ७ मा अध्यनरत पुनको बाँया गालामा गहिरो चोट लागेको छ । 

घाईते पुनको ९ वटा टाँका लगाईएको छ । विहानको समयमा सुधा माद्यामिक विद्यालयमा ट्युसन कक्षा लिन घरबाट हिँडेका बंगलाचुली गाउँपालिका वडा नम्वर ६ गँदारी निवासी कक्षा ८ मा पढ्ने १३ वर्षिया रुची पुन, सोही ठाउँ निवासी कक्षा ९ मा पढ्ने १६ वर्षिया रेखा केसी, सोही ठाउँ निवासी  कक्षा ८ मा पढ्ने १५ वर्षिया सम्झना वली, सोही ठाउँ निवासी कक्षा ८ मा पढ्ने १३ वर्षिया इसा वली , र सोही ठाउँ निवासी कक्षा ७ मा पढ्ने १३ वर्षिया वर्षा पुनलाई अपरिचित व्यक्तिले आक्रमण गरेको उनिहरुले दावी गरेका छन् ।
तिन जनाको समूहमा आएका मुखमा नकाव लगाएका अपरिचित पूरुषहरुले आफुहरुमाथी आक्रमण गर्नुका साथै कुटपीट गरेको उनिहरुले बताएका छन् । उनिहरुलाई बंगलाचुली गाउँपालिका वडा नम्वर ६ को जलजला भन्ने जंगलमा त्यी अपरिचित व्यक्तिहरुले आक्रमण गरेको बताएका छन् । विद्यार्थिहरुलाई विहान करिव ५ बजेको समयमा सो स्थामा आक्रमण गरेको उनिहरुले बताएका छन् ।

 त्यि अपरिचित समुहले आक्रमण गरेपछी आफुहरु जोड जोडले चिच्याएर आफन्तिलाई बोलाएपछी उनिहरुले छोडेर भागेको बताएका छन् । यसैविच बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर (शुवास)ले सो घटनाका घाईते तथा अन्य विद्यार्थिहरु संग भेटगरी घटनाको विषयमा जानकारी लिनुभएको छ । अध्यक्ष पुनले विद्यार्थिहरुलाई तर्साउने गरी आक्रमण गर्नेहरुलाई कानुनी दायरामा ल्याउने गरी अनुसन्धान अगाडी बढान पहल गर्ने बताउनुभएको छ । साथै अध्यक्ष पुनले घाईते विद्यार्थि अन्जना पुनमगरलाई उपचार खर्चसमेत दिनुभएको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १८:२९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको