Chauthoanga - Nepali News Media
फागुन १ गते ‘जनयुद्ध दिवस’को अवसरमा  बंगलाचुली गाउँपालिकामा सार्वजनिक बिदा

कमिरेचौर - बंगलाचुली गाउँपालिकाले २०७९ साल फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ।बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर (शुवास)को अध्यक्षतामा आज शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठले फागुन १ गते ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।  

बंगलाचुली गाउँपालिका गाउँकार्यपालिकाको आज शुक्रबार बसेको बैठकले पालिकाभर सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिनुभयो ।गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर (शुवास)को अध्यक्षतामा आज शुक्रबार बसेको बैठकले फागुन १ गते विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार २०७९ साल फागुन १ गते सोमबारका दिन गाउँपालिका र त्यस अन्तर्गतका सबै कार्यालयहरूमा सार्वजनिक बिदा दिएको छ ।  
तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेबाट १० वर्षसम्म सशस्त्र जनयुद्ध  सञ्चालन गरेको थियो । यो संघर्षको सम्झनामा फागुन १ गते सार्वजनिक विदा दिईएको गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर (शुवास)ले जानकारी दिनुभयो । अध्यक्ष पुनले भन्नुभयो,"तत्कालिन व्यवस्थालाई परिवर्तन गर्ने लक्ष्यका साथ सुरुगरेको एतिहाँसिक जनयुद्धको सम्झना तथा त्यस आन्दोलनमा साहादत प्राप्त गर्ने सम्पूर्ण सहिद,घाईते अपाङ्ग,वेपत्ताहरुको सम्मान स्वरुप गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो।" 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १८:२३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको