कमिरेचौर - आयुर्वेद चिकित्सालाई उपचार र स्वस्थ जीवन पद्धती सँग जोडेर लैजानुपर्ने बंगलाचुली गाउँपालिकामा आज आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । बंगलाचुली गाउँपालिका हाँसिपुर आयुर्वेद औषधालयको आयोजनामा आज कमिरेचौरमा सम्पन्न स्थानिय नागरिक आरोग्य समितिलाई अभिमुखिकरण कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा उनिहरुले आयुर्वेद चिकित्सा उपचार पद्धतीलाई राज्यले प्राथमिकता दिदै गएको र यसको पहुँचलाई विशाल बनाउन यस्ता कार्यक्रमले टेवा पुराउने बताएका छन् ।उनिहरुले व्यक्ति स्वस्थ भए मात्रै देशका आर्थिक, सामाजिक, राजनितिक क्षेत्र सहि ढंगले अघि बढ्न सक्ने भन्दै आयुर्वेद चिकित्साको महत्व उल्लेख्य रहेको बताए । बदलिदो खानपानको शैलीले मानवलाई फाईदा भन्दा बेफाईदा बढी गरिरहेको भन्दै घरमै उत्पादित बस्तुहरुको सेवन तथा योगाले मानिसलाई स्वस्थ रहन ठूलो मद्धत पुग्ने कार्यक्रममा चर्चा गरिएको थियो ।
बंगलाचुली गाउँपालिका वडा नम्वर चारका अध्यक्ष डाँस बहादुर डाँगिको अध्यक्षतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बंगलाचुली गाउँपालिका वडा नम्पर तिनका अध्यक्ष शोभाराज विश्वकर्मा,बंगलाचुली गाउँपालिका योजना शाखा प्रमुख तथा निमित्त प्रखुख प्रशासकीय अधिकृत नुमाकान्त कालाथोकी लगाएतले बोल्नुभएको थियो । कार्यक्रममा स्वाथ्यकर्मी, स्थानिय, विभिन्न शाखाका कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजिकरण बंगलाचुली गाउँपालिका हाँसिपुर आयुर्वेद औषधालयका कविराज छैठौँ ऋषि शर्माले गर्नुभएको थियो । कार्यक्रममा शर्माले जडिवुटी तथा आयुर्वेद औषधीको महत्व बुझ्न आबस्यक रहेकोमा उहाँले जोड दिनुभयो । खानपानमा स्थानिय उत्पादन भन्दा आयातित बस्तुहरुको सेवनले अस्वस्थता निम्तदै गएको उहाँको भनाई छ ।