Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकाको दक्षीणी भेगमा भईरहेको विद्युत विस्तारको अवस्थाको अवलोकन

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकाको दक्षीणी भेगमा भईरहेको विद्युत विस्तारको अवस्थाको आज अवलोकन गरिएको छ । त्यस क्षेत्रका स्थानियको घरघरमा विद्युत पुराउने काम समयमै सम्पन्न गराउनका लागि बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर (शुवास)ले अवलोकन गर्नुका साथै स्थानिय संग प्रत्यक्ष भेटगरी गुनासो सुन्नेकाम गर्नुभएको हो ।
 बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगर,नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका प्रमुख मिथिलेस कुमार गोइवार,सहितको विद्युत प्राधिकरणको प्राविधिक टोलिले बंगलाचुली गाउँपालिकाको दक्षीणी वेल्टमा जनताको गुनासो सुनुवाई तथा भईरहेको कामको अनुगमन गरेको हो ।
बंगलाचुली गाउँपालिका वडा नम्वर तिन,पाँच,छ,सातका विभिन्न स्थानमा भईरहेको विद्युत विस्ताको कामकको अवस्थाको बारेमा आज अनुगमन गरिएको हो । यसैविच बंगलाचुली गाउँपालिका अध्यक्ष तुस्सीराम पुनमगरले बंगलाचुली गाउँपालिकाको दक्षीणी भेगमा समयमै विद्युत विस्तारको काम सक्न नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका प्रमुख मिथिलेस कुमार गोइवारलाई अनुरोध गर्नुभएको छ । अध्यक्ष पुने बंगलाचुली गाउँपालिका  वडा नम्मवर ५ को झरे झिगाको वस्तिमा विद्युत विस्तार गर्न छुटभएको भन्ने जनगुनासोको लाई तत्काल समाधान हुनेगरी काम अगाडी बढाउन विद्युत प्राधिकरण प्रमुख गोईवारलाई अनुरोध गर्नुभएको छ । साथै अध्यक्ष पुने गाउँपालिकाको सबै क्षेत्रमा विद्युतिकरणको काम समयमै सम्पन्न गर्न अनुरोध गर्नुभएको हो ।  

अध्यक्ष पुनले जरेझिगा लगाएतका केहि वस्तिहरुमा विद्युतको पोल तारनै विस्तार गर्न छुटेको स्मरण गराउँदै जनताको घरमा समयमै विद्युत बल्ने गरी काम गर्न अनुरोध गर्नुभएको हो । जवाफमा नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका प्रमुख मिथिलेस कुमार गोइवारले छिटोभन्दा छिटो विद्युत विस्तारको कमसम्पन्न गर्नेगरी आफुले काम गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले कामगर्ने ठेकेदार कम्पनिहरुलाई निरन्तर खबरदारी गरेर बंगलाचुलीमा विद्युत विस्तारगरी सक्ने बताउनुभयो । 

साथै प्रमुख गोईवारले बंगलाचुली गाउँपालिकाको वडा नम्वर पाँचको जरे झिगाँको छुटेको वस्तिमा छिटो भन्दा छिटो बिद्युत विस्तारको काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । अनुगमनका क्रममा बंगलाचुली गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष डोम बहादुर केसी,नेपका माओबादी बंगलाचुलीका युवा नेता गोपिराम थापा, बंगलाचुली गाउँपालिका कार्यपालिका सदस्य रमा कुमारी पुनमगर,समाजसेवी रेवन्त जिसी,लगाएत स्थानियको समेत सहभागिता रहेको थियो ।     

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १५:३७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको