Chauthoanga - Nepali News Media
दाङको बंगलाचुली गाउँपालिकामा आत्महत्याका घटना दिन प्रतिदिन बढ्दै,  २६ जनाले गरे आत्महत्या
सांकेतिक तस्विर

दाङ- दाङको बंगलाचुली गाउँपालिकामा आत्महत्याका घटना दिन प्रतिदिन बढ्दै गएको छ । गाउँपालिकामा आर्थिक वर्ष २०७७/०७८ देखि यस आर्थिक वर्षको माघ महिना सम्मको समयमा २६ जनाले आत्महत्या गरेका छन् । जसमा १४ जना पुरुष र ११ जना महिला रहेका छन् । 
गाउँपालिकामा १४ वर्ष देखि ७४ वर्ष उमेर समुहका नागरिकहरुले आत्महत्या गरेको पाईएको छ ।बंगलाचुली गाउँपालिकामा झुण्डियर सबैभन्दा धेरैले र केहीले विष खायर आत्महत्या गरेको पाईएको छ । ईलाका प्रहरी कार्यालय कमिरेचौरका अनुसार बंगलाचुली गाउँपालिका वडा नम्वर ४ मा आर्थिक वर्ष २०७६ देखि २०७९ को माघ १७ गते मंगलबार सम्म ७ जनाले आत्महत्या गरेका छन् ।
प्रहरी चौकी हाँसीपुरका अनुसार बंगलाचुली गाउँपालिका वडा नम्वर ७ मा आर्थिक वर्ष २०७७ साल देखि यस आर्थिक वर्ष सम्म ७ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी वडा नम्वर एकमा ३ जना,वडा नम्वर दुईमा ३ जना,वडा नम्वर तिनमा ३ जना ,वडा नम्वर पाँचमा २ जना,वडा नम्वर छ मा १ जनाले आत्महत्यागरेका छन् । बंगलाचुली गाउँपालिका वडा नम्वर ८ मा भने आत्म हत्याको घटना शुन्य रहेको छ । बंगलाचुली गाउँपालिकामा यहि माघ १५ गते आईतबार वडा नम्वर २ मा एकजनाले र माघ १७ मंगलबार वडा नम्वर ४ मा एकजनाले आत्महत्या गरेका छन् । 
   
गरिवी, मानसिक समस्या, पारिवारिक समस्या,लागुपदार्थ तथा मादक पदार्थको कुलत,पारिवारीक विवाद जस्ता कारणले बंगलाचुली गाउँपालिकामा आत्महत्याका घटना भएको जानकारहरुको भनाई छ । बंगलाचुली गाउँपालिकामा अधिकांस मानिसहरुमा गरिवी, अभाव, अशिक्षा, पारिवारीक विवाद,जस्ता कारणले आत्महत्याका घटनाभएको प्रहरीको निस्कर्ष छ । 
आत्महत्या गर्ने मध्य झण्डै ८५ प्रतिशत मानिसले मानसिक स्वास्थ्यकै कारण आत्महत्या गर्ने गरेको मानसिक रोग विशेषज्ञहरुको बुझाई छ ।समाजमा मानसिक रोगलाई हेर्ने दृष्टिकोण तथा मानसिक समस्या पहिचानमा ढिलाइका कारण आत्महत्याको डरलाग्दो रुप देखिन थालेको छ ।आफुमा भएको तनाव व्यवस्थापन गर्न नजान्दा तथा मानसिक रोगलाई खुलेर बाहिर ल्याउन नसक्दा समाजमा यस्ता घटना बढ्दै गएको मनोचिकित्सकहरु बुझाई छ ।
नेपालमा प्रत्यक दिन औषत २० जनाले आत्महत्या गर्ने गरेका छन् । मानसिक रोग डिप्रेसनमा परेका व्यक्तिहरुमा निराशा र नकारात्मक सोच हावी हुने गरेकाले आत्महत्या बढेको मनोचिकित्सकहरुको बुझाइ छ ।साथै क्षणिक आवेगका कारण पनि मानिसहरुले आत्महत्या गर्ने गर्छन् । तर मानसिक रुपमा विक्षिप्त भएका व्यक्तिहरुलाई समयमा मनोमरामर्श प्रदान गर्ने हो भने आत्महत्या जस्तो गम्भीर समस्यालाई न्यूनिकरण गर्न सकिने मनोविदहरु बताउँछन् ।
स्वास्थ जीवनका लागि शारीरक मात्र नभई मानसिक रुपमा समेत स्वस्थ्य हुन जरुरी छ । आफ्नो तनाव कसरी व्यवस्थापन गर्ने र जीवनमा आएको समस्याको समाधान कसरी गर्ने भन्ने जस्ता सकारात्मक सोचको अभिवृद्धिले आत्महत्या निरुसाहित गर्न सकिन्छ ।साथै आत्महत्या रोकथामका लागि राज्यबाट समेत उचित कार्ययोजना ल्याउन आवश्यक देखिन्छ ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १७:४२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको