Chauthoanga - Nepali News Media
लुम्बिनीमा एमाले र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति

दाङ-लुम्बिनी प्रदेशमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । माओवादी लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महराले साढे दुई वर्ष एमालेले र दोस्रो साढे दुई वर्ष माओवादीले नेतृत्व लिने सहमति भएको जानकारी दिनुभयो ।  

यसअघि माओवादीले असन्तुष्टि जनाएपछि मंगलबार ४ बजेका लागि सरकारमा दाबी गर्ने पूर्वनिर्धारित कार्यतालिका रोकिएको थियो ।

केन्द्रबाट प्रदेशको नेतृत्व पूरा कार्यकाल एमालेलाई दिने निर्णय भएपछि माओवादी केन्द्रमा असन्तुष्टि देखिएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १७:५०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको