Chauthoanga - Nepali News Media
बंगलाचुलीमा ठुला मालवाहक साधन संचालनका लागि अनुमती
गाउँपालिका द्वारी जारी विज्ञप्ती.jpg

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकाले ठुला मालवाहक साधन संचालनमा लगाएको बन्देज फुकुवा गरेको छ । गाउँपालिकाले विपदको कारण देखाउँदै गाउँपालिकाभर संचालन हुने विभिन्न सिमेन्ट उद्योगका टिप्परहरु संचालनमा रोक लागएको थियो ।

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर "शुवास"ले विज्ञप्ती जारीगरेर मालवाहक साधन संचालन अनुमती दिईएको जानकारी गराउनु भएको हो । गाउँपालिकाले असोज १८ गतेदेखि परेको भिषण वर्षापछि आएको विपद्का कारण ठाउँ ठाउँमा सडक भत्किएको , चर्किएको तथा पहिरोले यस क्षेत्रका सडकहरु क्षतविक्षत भएको  र सडक मर्मतको काम भैईनसकेको हुँदा अर्को सूचना जारी नहुँदा सम्मको लागि गाउँपालिकाभरीकै सडक निर्माण कार्यकालागि बाहेकका अन्य ट्रिप्पर,ट्रक लगाएत ठुला मालवहाक साधनहरुलाई अल्पकालिन रुपमा संचालनमा रोक लगाएको थियो । 

गाउँपालिकाले ठुला मालवहाक साधनहरुलाई संचालन अनुमति दिएपछी बंगलाचुली गाउँपालिकामा रहेका विभिन्न सिमेन्ट उद्योगका ट्रिप्परहरु संचालनमा आउने छन् ।

तर घोराही सिमेन्ट उद्योगले अहिले बंगलाचुली गाउँपालिका वडा नम्वर ४ तापाचोक देखी तापा सम्मको सडक कालोपत्रे गर्ने कार्य जारी राखेको हुँदा सो कम्पनिका कच्चापदार्थ ढुवानी गर्ने टिप्परहरुलाई भने संचालन अनुमती नदिईएको गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो ।
घोराही सिमेन्ट उद्योगले अहिले जारी राखेको कालोपत्रेको काम सम्पन्न नगरे सम्म सो उद्योगका टिप्परहरु संचालन नगर्न भनेको र सडक कालोपत्रे भएपछि मात्रै चुनढुङ्गा ढुवानी गर्न दिईने बताउनुभयो ।  
 

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १४:५८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको