Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकाको दोस्रो गाउँसभा तथा दोस्रो हिउँदे अधिवेसन  सम्पन्न
बंगलाचुली गाउँपालिकाको गाउँ सभा

बंगलाचुली- दाङको बंगलाचुली गाउँपालिकाको दोस्रो गाउँसभा तथा दोस्रो हिउँदे अधिवेसन आज सम्पन्न भएको छ ।गाउँसभाले आर्थिक वर्ष २०७९/०८० का लागि पालिकाका विभिन्न योजनाहरु सम्पन्न गर्नका लागि बजेट संसोधन गरेको छ ।

गाउँपालिकालेशिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार, विपद व्यवस्थापन, संस्थागत विकास जस्ता क्षेत्रमा अपुगहुने रकमलाई संसोधन गरेको हो । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगर "शुवास"को अध्यक्षतामा सम्पन्न भएको गाउँ सभामा उपाध्यक्ष भक्त बहादुर जिसीले वजेट संसोधन प्रस्ताव पेश गर्नुभएको थियो । उपाध्यक्ष जिसीले पेशगरेको प्रस्तावलाई सभाका सदस्यहरुले पास गर्नुभएको थियो ।

त्यसैगारी गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगर "शुवास"ले गाउँपालिकाको गत तथा चालु आर्थिक वर्षको कार्यकालमा कार्यपालिकाद्धारा गरेका महत्त्वपूर्ण कार्यहरु, यस आर्थिक वर्षको कार्यान्वयनको अवस्था लगायतका प्रगतीसँग समिक्षात्मक प्रतिवेदन पेश गर्नुभएको थियो ।

हेर्नुहोस् गाउँपालिका अध्यक्ष पुनद्वारा प्रस्तुत प्रगति समिक्षा प्रतिवेदन जस्ताको त्यस्तै _______________

अध्यक्ष महोदय एवं सदस्यज्यूहरु,

नेपालको संविधान २०७२ अनुसार गठित स्थानीय सरकारको रुपमा रहेको यस गाउँपालिकाको गरिमामय दोस्रो गाउँसभाको दोस्रो (हिउदे) अधिवेशनमा यस गाउँसभाको गठन पश्चात यस आ.ब. को अर्धवार्षिक प्रगती समिक्षा विवरण पेश गर्न पाउदा खुसी लागेको छ । गत तथा चालु आर्थिक वर्षको कार्यकालमा कार्यपालिकाद्धारा गरेका महत्त्वपूर्ण कार्यहरु, यस आर्थिक वर्षको कार्यान्वयनको अवस्था लगायतका प्रगतीसँग समिक्षात्मक प्रतिवेदन पेश गर्न गैरहेको छु ।

अध्यक्ष महोदय,

अब म बंगलाचुली गाउँपालिकाको आर्थिक वर्ष २०७9/०80 को  अर्धवार्षिक प्रगती विवरण एवं हालसम्म भएका महत्त्वपूर्ण गतिविधीको समिक्षात्मक प्रतिवेदन यहाँहरु समक्ष पेश गर्न गैरहेको छु ।

  • नेपालको संविधान, 2072 जारी भएपछि भएको स्थानीय तहको दोस्रो निर्वाचनबाट बंगलाचुली गाउँपालिकाको यस गरिमामय गाउँ सभा गठन भर्इ यस दोस्रो गाउँसभाको पहिलो अधिवेशनमा प्रस्तुत गरिएको आ.ब. 2079/080 को वार्षिक नीति, कार्यक्रम तथा बजेट द्रुततर गतीमा कार्यान्वयनको अवस्थामा रहेको व्यहोरा सर्वविदितै छ ।स्थानीय तह आफैले तर्जुमा गरी पारित गरेको नीति तथा कार्यक्रमको कार्यान्वयनका क्रममा प्राप्त गरेका सबल र दुर्बल पक्ष, अवसर तथा चुनौतीहरु समेटेर तयार गरिएको अर्धवार्षिक प्रगती प्रतिवेदन यस गाउँ सभामा  प्रस्तुत गर्न पाउँदा गौरव महसुस गरेको छु ।   
  • यस अवसरमा राष्ट्रिय स्वतन्त्रता, सामाजिक न्याय र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि  जनयुद्ध,जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। राष्ट्रियता, लोकतन्त्र र जनजिविकाको आन्दोलनमा अगुवाइ गर्नुहुने सम्पूर्ण अग्रजहरुको योगदानको उच्च सम्मान सहित स्मरण गर्न चाहन्छु।जनयुद्ध र जनआन्दोलन,वेपत्ता पारिनुभएका नागरिक,घाईते,अपाङ्ग व्यक्तिहरुको उच्च सम्मान गर्न चाहान्छु ।
  • चालु आ.ब. को वर्षायामको समयमा र वर्षा ऋतुको अन्त्य तिर खासगारी 2079 असोजको अन्तिममा आएको अविरल वर्षाका कारण यस गाउँपालिकाका थुप्रै भौतिक पूर्वाधार संरचनाहरु क्षती भएको र  ५ जना बंगलाचुली बासीले सो प्रकोपका कारण ज्यान गुमाउनुका साथै 286 घरपरिवारको भौतिक सम्पतीमा क्षेती पुगी विपतको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको अवस्थामा विपदबाट भएको क्षेतीको विवरण वडा कार्यालय मार्फत सङ्कलन भर्इ तथ्याङ्क विश्लेषणको चरणमा रहेको छ भने धेरै क्षेती व्यहोरेका घर परिवारलार्इ यस पालिकाबाट आवश्यक राहत प्रदान समेत गरिएको छ । विपदका कारण आठवटै वडाका मूख्य तथा शाखा मोटरबाटोहरु तत्काल मर्मत सम्भार गरी संचालनमा ल्याइएको छ ।
  • बंगलाचुली गाउँपालिकाको "सबै मिलीजुली, हामी बनाउँछौँ हाम्रो बंगलाचुली" को दिर्घकालिन सोच हासिल गर्न प्रथम पञ्चवर्षिय योजनाले लिएका लक्ष्य, उद्देश्य, प्राथमिकता तथा रणनीतिहरु कार्यान्वयन गर्दै गरिबी निवारण र आर्थिक-सामाजिक रुपान्तरण सहितको समानुपातिक समावेशी विकास हाँसिल गर्ने दिशामा आगामी कार्यक्रमहरु केन्द्रित रहेका छन् ।

आर्थिक विकास

कृषि, पशुपालन तथा उद्योग वाणिज्य तर्फ

  • कृषि विकास कार्यक्रम अन्तर्गत गाउँपालिका स्तरमा संचालन गर्न गाउँसभाबाट स्वीकृत भएका १२ वटा कार्यक्रमहरु मध्य वालि संरक्षण कार्यक्रम, पोषण तथा खाद्य सुरक्षा कार्यक्रम, वालि उपभार शिविर, व्यावसायिक तरकारी खेती गर्ने कृषकका लागि विउविजन तथा कृषि सामाग्री वितरण कार्यक्रम, सुनौलो १००० दिनका आमाहरुका लागि करेशाबारी कार्यक्रम लगायतका ८ वटा कार्यक्रमहरु सम्पन्न भर्इ सकेका छन्, जसबाट कृषि उपजको उत्पादन, उत्पादकत्त्व वृद्धि तथा उपभोग र बजारीकरणमा नागरिकको पहुँच विस्तार भएको छ ।
  • पशुपन्छी विकास कार्यक्रम अन्तर्गत गाउँसभाबाट स्वीकृत भएका १६ कार्यक्रमहरु मध्ये डिस्पेन्सरी संचालन र पशुपन्छी औषधी वितरण, पशु स्वास्थ्य शिविर, पशुपालक कृषकका लागि घरदैलो कार्यक्रम, विभिन्न पशु सेवा दिवश कार्यक्रम, कुखुराको भाले बदिया बनाउने कार्यक्रम तथा पशुपन्छी पालन सम्बन्धी तालिम सम्पन्न भएका छन भने केही तालिमहरु र अनुदानमा आधारित कार्यक्रमहरु कार्यान्वयनका चरणमा छन् ।
  • उद्योग, वाणिज्य तथा पर्यटन तर्फ लघूउद्यम विकास कार्यक्रममा वडा नं ५ र ६ मा उद्यमशिलता विकास कार्यक्रम सम्पन्नको चरणमा रहेको, नयाँ उद्यमि सिर्जनाका लागि सिप विकास तालिम संचालन गर्न र स्तरोन्नतीको कार्यक्रम प्रचलित कार्यविधि अनुसार अगाडी बढाइएको छ ।कर तथा शिक्षा कार्यक्रम अन्तर्गत व्यवसाय दर्ता, नविकरण सम्बन्धी स्थलगत शिविरहरु सम्पन्न भैसकेका छन्।

सामाजिक विकास कार्यक्रम

शिक्षा तर्फ

  • गाउँपालिकाद्धारा शिक्षक तथा कर्मचारी मार्फत सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्दै लगिएको छ ।
  • कक्षा थप गरिएका विद्यालयमा गाउँपालिकाद्धारा  शिक्षक तथा कर्मचारी व्यवस्थापन मार्फत पठनपाठनको सुधार हुँदै गएको छ ।
  • स्थानीय पाठ्यक्रम निर्माण भर्इ लागु हुने चरणमा रहेको छ ।
  • वडा स्तरबाट छनोट भएका सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माण सँग सम्बन्धित आयोजनाहरुको उपभोक्ता समिति गठन भर्इ सम्झौताको चरणमा रहेका छन् ।
  • बहुवर्षिय आयोजना अन्तर्गत गत वर्षमा ठेक्का सम्झौता भएका विभिन्न सामुदायिक विद्यालय भवन निर्माण कार्य सम्पन्नको चरणमा छन् ।
  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका आयोजना तथा कार्यक्रमहरु प्रचलित कार्यविधि अनुसार संचालनको चरणमा रहेका छन् ।
  • सुधा मा.वि. झेल्नेटाको जग्गा तथा भौतिक सम्पती अधिकरणको कार्य अन्तिम चरणमा पुगेको छ ।

लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण तर्फ

  • यस उपक्षेत्र अन्तर्गत गाउँसभाबाट स्वीकृत भएका जम्मा १५ वटा कार्यक्रम मध्य अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामाग्री वितरण, अपाङ्गता परिचय पत्र वितरण, जेष्ठ नागरिकका लागि सामाग्री वितरण, विभिन्न विपद तथा प्रकोपमा परेका र कमजोर स्वास्थ्य स्थिति भएका नागरिकहरुलार्इ आर्थिक सहायत वितरण, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दिवशहरु मनाउने कार्य सम्पन्न भएका छन् ।वालमैत्री स्थानीय शासन कार्यक्रम, महिला, दलित, जनजाती युवा किशोरकिशोरिका लागि सिप तथा क्षमता विकास सम्बन्धी कार्यक्रम सञ्चालन गर्न तयारी गरिएको छ।

स्वास्थ्य तर्फ

  • बंगलाचुली अस्पताल लगायत ९ वटा स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिने सेवा प्रवाहलार्इ चुस्त दुरुस्त र प्रभावकारी बनाउन सेवा करारका ४० जना स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी व्यवस्थापन गरिएको छ।
  • स्वास्थ्य संस्थाहरुलार्इ आधुनिक तथा प्रविधिमैत्री बनाउन ५ वटा आधारभुत स्वास्थ्य केन्द्रहरुमा कम्प्युटर, प्रिन्टर, र्इन्टरनेट र अत्यावश्यक फर्निचर समेत व्यवस्था गरिएको छ ।पालिका स्तरीय पोषण सेवा कार्यक्रम, आमा समूह सशक्तिकरण कार्यक्रम, सुत्केरी घरभेट, पूर्णखोप सुनिश्चितता जस्ता कार्यक्रमले स्वास्थ्य सेवालार्इ व्यवस्थित गर्दै लगेको छ ।
  • रात्रीकालिन ड्युटीमा खटिने स्वास्थ्यकर्मीलार्इ रात्रीकालिन भत्ता, स्वास्थ्यकर्मिलार्इ फिल्ड तथा यातायात खर्च, महिला स्वास्थ्य स्वयमसेविकालार्इ यातायात खर्च व्यवस्था गरिएकोले सेवामा खटिने स्वास्थ्यकर्मी र अन्य कर्मचारीको उत्प्रेरणा तथा मनोबल उच्च हुँदै गएको छ ।
  • DHIS2 तालिम, अत्यावश्यक सेवा व्यवस्थापन तालिम, स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिलार्इ अभिमुखिकरण तालिम संचालन भर्इ सेवा प्रदायकको गुणस्तरमा सुधार आएको छ।

पूर्वाधार विकास तर्फ

  • संघ र प्रदेशतर्फको समपूरक अनुदान र संघीय विशेष अनुदानबाट संचालन हुने आयोजनाहरु ठेक्का प्रक्रिया अगाडी बढाइएको छ ।
  • गाउँपालिका स्तरीय गौरबको आयोजना विपन्नको लागि खरको छानो मुक्त अभियान कार्यक्रमका लागि हालसम्मको प्रगतीको लगत सङ्कलन भर्इ तथ्याङ्क विश्लेषणको चरणमा रहेको छ भने चालु आ.ब.मा यस कार्यक्रमका लागि करिब रकम  दुर्इ करोड पचासी लाख बराबरको जस्तापाता खरिद गरी वितरण गर्न ठेक्का लगाइएको छ ।
  • ढाव तथा मर्पेशको वस्ति स्थानान्तरणको लागि १८ घरधुरीलार्इ घर निर्माण गर्न प्रति घरधुरी रकम तिन लाखका दरले अनुदान दिइएको छ।
  • गाउँपालिका स्तरीय तथा वडा स्तरमा संचालन हुने मोटरबाटो मर्मत तथा निर्माण, खानेपानी तथा सरसफार्इ आयोजना, सिचार्इ आयोजना, भवन निर्माण आयोजना लगायत अन्य पूर्वाधार विकासका आयोजनाहरु संचालन गर्न उपभोक्ता समिति गठन र सम्झौताको चरणमा रहेका छन् ।
  • प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत श्रममा आधारित योजनाहरु संचालनमा ल्याइएका छन् ।

वातावरण तथा विपद् व्यवस्थापन तर्फ

  • खानेपानी पाइपको खरिद गरी सबै वडामा वितरण गर्ने कार्य भैरहेको छ ।
  • तारजाली खरिद गरी वितरण भैसकेको छ ।
  • अविरल वर्षाका कारण अवरुद्ध मोटरबाटोहरु र अन्य पूर्वाधार संरचनाको मर्मत सम्भार गर्ने कार्य सम्पन्न भैसकेका छन् । उक्त कार्य गर्न करिब दुर्इ करोड पचास लाख खर्च भएको र प्रकोप व्यवस्थापन कोषमा विनियोजित बजेट रकम एक करोड मात्र रहेकोले भुक्तानीमा कठिनार्इ भएको छ।

संस्थागत सुशासन तथा क्षमता विकास तर्फ

  • गाउँपालिका र अन्तर्गतका कार्यालयमा दरबन्दी संरचना अनुसार प्रयाप्त जनशक्ति आपुर्ति हुन नसकेको अवस्थामा पनि सेवा प्रवाहलार्इ सूचना प्रविधि मैत्री बनाउदै लगिएको छ ।
  • त्रैमासिक रुपमा वितरण हुने सामाजिक सुरक्षा भत्ता बैङ्कसँग समन्वय गरी वडा कार्यालयबाट वितरण गर्ने कार्यको सुभारम्भ भएको छ ।
  • रेडियो बंगलाचुली एफ.एम. संचालन तथा व्यवस्थापन भर्इ विभिन्न प्रकारका सूचनामूलक, मनोरन्जनात्मक, ज्ञानबर्दक कार्यक्रमहरुको उत्पादन र प्रशारण भैरहेको छ भने गाउँपालिकाबाट भए गरेका गतिविधिहरु रेडियो मार्फत प्रशारण भर्इ नागरिकहरुको सुसूचित हुने अवसर विस्तार भएको छ ।
  • मध्यमकालिन खर्च संरचना, गाउँपालिकाको भू-उपयोग योजना र अन्य पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने डि.पि.आर. निर्माण गर्न परामर्श सेवा लिने तयारी गरिएको छ ।
  • न्यायिक समितिको संचालन तथा व्यवस्थापन थप सुदृढ र व्यवस्थित हुँदै गएको छ ।
  • गाउँपालिका र अन्तर्गतका कार्यालयहरुमा नागरिक वडापत्र निर्माणको तयारी गरिएको छ ।
  • टोल स्तरमा आयोजनाहरुको छनोट तथा कार्यान्वयनका लागि टोल विकास संस्थाहरुको सक्रियता बढ्दै गएको छ ।
  • स्थानीय न्यायिक समितिको कामकारवाहीलार्इ सहजिकरण गर्न मेलमिलाप कर्ताहरु सूचिकृत भर्इ कार्य प्रारम्भ गरेका छन् ।

अवसर तथा चुनौतीहरु

  • बंगलाचुली अस्पतालमा दरबन्दी संरचना अनुसार दक्ष जनशक्ति व्यवस्था गरी अस्पतालको सेवालार्इ व्यवस्थित गर्नु
  • गाउँपालिका र अन्तर्गतका कार्यालयहरुमा प्रयाप्त मात्रामा जनशक्ति टिकार्इ सेवा प्रवाह सुदृढ गर्नु
  • गाउँपालिकाको आन्तरिक आम्दानी बढोत्तरी गर्न राजश्व सम्भाव्यता अध्ययन गरी राजश्व प्रशासनलार्इ सुधार गर्नु
  • ठुला तथा गौरबका आयोजनाहरु समयमै ठेक्का लगार्इ गुणस्तरीय रुपमा सम्पन्न गर्नु
  • गाउँपालिकामा विभिन्न समयमा आइपर्ने प्रकोप तथा विपद सामना गर्न पूर्वतयारी पुनःस्थापना र पुनःनिर्माणका लागि यथेष्ट स्रोत व्यवस्थापन गर्नु
  • गाउँपालिकाको शिक्षा र स्वास्थ्य सेवालार्इ थप सुदृढ र व्यवस्थित गर्नु
  • एक घर एक धारा कार्यक्रम अन्तर्गत नागरिकलार्इ सुरक्षित खानेपानीको सुविधाको सुनिश्चितता गर्नु
  • राष्ट्रिय अभियानहरु, वालमैत्री स्थानीय शासन कार्यक्रम, वातावरणमैत्री स्थानीय कार्यक्रम, छुवाछुत मुक्त स्थानीय तह घोषणा कार्यक्रम, पूर्ण खोप सुनिश्चिता कार्यक्रमको दिगोपना जस्ता अभियानहरु संचालन गर्नु
  • स्थानीय स्तरमा स्वरोजगारी सिर्जना गरी कृषि उत्पादन, पशुपन्छीपालन जस्ता व्यवसायहरुलार्इ आधुनिक र व्यवस्थित गर्नु
  • वडा स्तरमा सार्वजनिक सुनुवार्इ, प्रगती समिक्षा जस्ता कार्यक्रम निरन्तरता दिनु
  • विपदमा भत्किएका घर निर्माणको कार्यक्रम, खेत बारी, कुलो, खानेपानी, विद्यालय लगायतमा भएको क्षतीको विवरण एकिन गरी भौतिक संरचनाको पुनःनिर्माण र पुनःसंचालन गर्नु
  • सिमित साधनस्रोतको अति उच्चतम परिचालन गरी बहुआयामिक विकास र सेवासँग सम्बन्धित जनताका तिब्र इच्छा, चाहना र मागहरु यथासिघ्र संबोधन गर्नु ।

अध्यक्ष महोदय,

बंगलाचुली गाउँपालिकाको आ.ब. 2079/080 को  अर्धवार्षिक प्रगती, विवरण माथी यहाँहरुको रचनात्मक सुझाव एवं छलफलका लागि यस सम्मानित सभा समक्ष पेश गर्दछु ।

धन्यवाद

यसैगरी सभामा बंगलाचुली गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक भक्त बहादुर जि.सी.ले बंगलाचुली गाउँपालिकाको आर्थिक वर्ष २०७9/०80 को न्यायिक समितिको प्रगती सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो

हेर्नुहोस् गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समितका संयोजक भक्त बहादुर जिसीद्वारा प्रस्तुत प्रगति समिक्षा प्रतिवेदन जस्ताको त्यस्तै _______________

अध्यक्ष महोदय एवं सदस्यज्यूहरु,

नेपालको संविधान २०७२ अनुसार गठित स्थानीय सरकारको रुपमा रहेको यस गाउँपालिकाको गरिमामय दोस्रो गाउँसभाको दोस्रो (हिउदे) अधिवेशनमा आर्थिक वर्ष 2079/080 मा यस गाउँपालिका अन्तर्गतको न्यायिक समितिबाट हालसम्म भए गरेका न्याय सम्पादनसँग सम्बन्धित गतिविधिहरु समेटिएको न्यायिक समितिको प्रगती सम्बन्धी प्रस्ताव, 2079 पेश गर्न पाउदा खुसी लागेको छ ।

अध्यक्ष महोदय,

अब म बंगलाचुली गाउँपालिकाको आर्थिक वर्ष २०७9/०80 को न्यायिक समितिको प्रगती सम्बन्धी प्रस्ताव, 2079 प्रस्तुत गर्ने अनुमती चाहन्छु

 

 

आ.ब. 2079/080 को पौष महिना सम्म न्यायिक समितिमा दर्ता भएका मुद्धाहरु

क्र.सं.

मुद्धाको प्रकृती

जम्मा

कार्यान्वयन प्रक्रिया

कैफियत

घरायसी झगडा

13

४ वटा मिलापत्रबाट निर्णय, ७ वटा अदालतमा पठाइएको, ४ वटा सम्बन्धविच्छेद भएको

२ वटा तारेखमा

आर्थिक लेनदेन

2

तारेखमा छोडिएको

 

वि.व्य.स. सम्बन्धी

1

मिलापत्र भएको

 

जग्गा सम्बन्धी विवाद

1

तारेखमा

 

खानेपानी तथा सरसफार्इ सम्बन्धी

1

मिलापत्र

 

सडक सम्बन्धी

1

छलफलमा रहेको

 

जम्मा

19

 

 

अध्यक्ष महोदय,

बंगलाचुली गाउँपालिकाको आर्थिक वर्ष २०७9/०80 को न्यायिक समितिको प्रगती सम्बन्धी प्रस्ताव, 2079 छलफल गरियोस भन्ने प्रस्ताव यस सम्मानित सभा समक्ष पेश गर्दछु ।

धन्यवाद

गाउँसभामा सभासका सम्पूर्ण सदस्या,कर्मचारीलगाएतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १५:५५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको