कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकाको दोस्रो गाउँसभा तथा दोस्रो हिउँदे अधिवेसन भोली हुने भएको छ ।हिउँदे अधिवेसनबाट गाउँपालिकाको विभिन्न योजनाका लागि बजेट संसोधन तथा केही ऐन नियम संसोधन गरी पारित गर्ने कार्यसुचि रहेको छ ।
गाउँसभाको तयारीका लागि आज गाउँ कार्य पालिकाको बैठक समेत बसेको छ ।बैठकमा गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर र उपाध्यक्ष भक्त बहादुर जिसीले गाउँसभामा लैजाने विषवस्तुको बारेमा जानकारी गराउनु भएको गाउँपिकाका प्रवक्ता शोभाराज विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा भोलिको गाउँसभामा पेसगर्ने कार्यक्रमलाई सभाका सदस्यहरुलाई जानकारी गराईएको छ । यस्तै आजनै विभिन्न विषयगत समितिको बैठकहरु पनि वसेको छ ।
गाउँसभाले पासगरेका निति तथा कार्य्रक्रमलाई पारित गरेपछि गाउँपालिकाले कार्यान्वयन गर्दछ । गाउँसभाको सम्पूर्ण आन्तरिक तयारीको काम पुरा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिनुभयो ।गाउँसभा भोलि विहान ९ बजे देखि सुरु गर्ने कार्यतालिका रहेको छ।