Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिका अध्यक्षको आह्वानमा सर्वदलिय बैठक सम्पन्न
सर्वदलिय बैठक.jpg

कमिरेचौर - बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगर "शुवास"को आह्वानमा आज सर्वदलिय बैठक वसेको छ । गाउँपालिकाको विकास निर्माण,शुसान तथा समसामयिक विषयमा पालिकामा क्रियासिल दलहरुको राय सुझाव संकलन गरी पालिकाको कामकाजलाई चुस्त राख्नका लागि बैठकको आह्वान गरेको अध्यक्ष पुनले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा बैठक वसेको हो ।

बैठकमा कार्यालयको प्रशासनिक सुधार,स्वाथ्य सेवालाई प्रभावकारी बनाउनका लागि एम्वुलेसन्को व्यवस्थापन,भौतिक पूर्वाधारको विकासलाई समानरुपमा गर्दै लैजानु पर्ने,विद्युत विस्तार नभएका ठाउमा तत्तकाल विद्युत विस्तार गर्नुपर्ने,कृषि उपजको वजारीकारणका लागि पालिकाले कृषि एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने लगाएतका सुझावहरु गाउँपालिकालाई प्राप्त भएको गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर शुवासले जानकारी दिनुभयो ।

बैठकमा नेकपा माओबादी केन्द्रका गाउँपार्टी अध्यक्ष डोमाकान्त कमवर मगर,नेपाली काग्रेसका गाउँपालिका सचिव चेत प्रसाद डाँगी,नेकपा एमालेका जिल्ला कमिटी सदस्य विष्णु अर्जेल, नेपापाविप्लवका गाउँपालिका ईन्चार्ज भिम बहादुर राना, राप्रपाका मानबहादुर घर्तीमगर, नेपाल रेडक्र सोसाइटी कमिरेचौर उपशाखका सभापति चुरामणी नेपाली,बंगलाचुली गाउँपालिका निर्वतमा उपाध्यक्ष यमुना थापा घर्तिमगर लगाएतले आफ्नो धारणा तथा जिज्ञासा राख्नुभएको थियो । 
बैठकमा उठेका सवालका विषयमा गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर शुवास, गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जि.सी.,प्रमुख प्रसाशकीय अधिकृत चन्द्रकान्त पौडेलले बैठकमा उठेका जिज्ञाषा तथा हालको अवस्थाको बारेमा धारणा राख्नुभएको थियो । यसैविच आजको बैठकमा समग्र गाउँपिकाको विकासका लागि सबैको सहकार्यका साथ बैठमा उठेका सवालहरुलाई क्रमस सम्वोधन गर्दै अगाडी बढ्ने सहमति भएको छ ।  
 

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १७:३३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको