Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेशसभामा आज शपथग्रहण हुँदै

दाङ- लुम्बिनी प्रदेशसभाका सांसदले आज शपथग्रहण गर्ने भएका छन् । नवनिर्वाचित प्रदेशसभा सांसदलाई दिउँसो १ बजे तय शपथ गराउने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिनुभयो । 

प्रदेश राजधानी दाङको देउखुरी भालुवाङमा निर्मित प्रदेश सभा भवनमा बैठकमा शपथ गराउने कार्यक्रम छ ।  संसद् अधिवेशन सोमबारका लागि आह्वान गरिएको छ । त्यसको सम्पूर्ण तयारी  पुरा भएको सचिव पुनले बताउनुभयो । 

आज ८७ जना प्रदेश सभा  सदस्यमध्ये केहीले मातृभाषा  शपथग्रहण गर्दे छन् । यसरी  शपथग्रहण गर्नेमा  जनमत पार्टीका   र  जसपाका  रहेका छन् । संसद् सचिवालयका अनुसार अनुसार सुमन शर्मा रायमाझी , चन्द्रकेश गुप्ता , कन्हैयालाल बानियाले अवधि भाषामा शपथ लिने छन् । यस्तै राज कुमार चौधरीले थारु भाषा शपथ ग्रहण गर्नुहुनेछ ।

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  ०९:४५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको