कमिरेचौर - परम्परागत शिपलाई परिवर्तन गर्दै आधुनिक शैलीको व्यवसाय संचालन गर्नसके जीवन स्तरलाई परिवर्त गर्न सकिने बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले बताउनु भएको छ । अध्यक्ष पुनले हरेक नागरिकले सिपलाई परिवर्तित युगसंगै परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले सिपलाई आधुनिकिकरण गर्न नसक्दा नागरिकहरुले आफ्नो व्यवसायमा उल्लेख्य आम्दानी गर्न नसकेको बताउनुभयो । बंगलाचुली गाउँपालिकाको आयोजनामा आज देखि बंगलाचुली गाउँपालिका वडा नम्वर ६ अमारेमा सुरु भएको उद्यमशिलता विकास सम्वन्धि तालिमको उद्घाटन समाराहमा बोल्दै अध्यक्ष पुनले यस्तो बनाउनु भएको हो ।
यसैगरी कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जी.सीले सिकेको सिपलाई अवसरको रुपमा ग्रहण गर्दै व्यवसाय संचालन गरेमा नागरिकलाई आर्थिक आम्दानी हुने बताउनु भयो । उहाँले सिप सिकेपछी गाउँ घरमा छरिएर रहेका थोरै रकमलाई पनि संकलन गरि सामुहिक लगानि गरि उन्नत व्यवसाय संचालन गर्न सकिने भन्दै यसतर्फ लाग्न समेत अनुरोध गर्नुभयो ।
बंगलाचुली गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष डोम बहादुर केसीको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर (शुवास)को प्रमुख आतिथ्य तथा गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जि.सी., प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलको विशिष्ट आतिथ्यमा तालिमको उद्घाटन गरिएको थियो । तालिममा वडा नम्वर ६ अमारेका स्थानिय महिलाहरुको उल्लेख्य सहभागिता रहेको छ । तालिम ८ दिन सम्म संचालन हुने छ । तालिमको संचालन गाउँपालिकाका उद्यम विकास सहजकर्ता विरेन्द्र चौधरी र सहजिकरण उद्यम विकास सहजकर्ता अन्जना वस्नेतले गर्नुभएको थियो ।