काठमाण्डाै – फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ काे उपाधि जितेकाे छ । कतारकाे लुसेल स्टेडियममा भएकाे राेमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हरायाे ।
निर्धारित ९० मिनेटमा २–२ गाेलकाे बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेकाे थियाे । अतिरिक्त समयमा ३–३ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे । यसअघि अर्जेन्टिनाका लागि लियाेनल मेस्सीले दुई र एन्जेल डी मारियाले एक गाेल गरे । फ्रान्सका लागि केलियन एम्बाप्पेले 'ह्याट्रिक' गरे ।
अर्जेन्टिनाले ३६ वर्षपछि विश्व कपकाे उपाधि जित्याे । यसअघि सन् १९८६ मा अर्जेन्टिनाले विश्व कप जितेकाे थियाे । त्यसअघि सन् १९७८ मा उपाधि जितेकाे थियाे ।
आजकाे खेल (फाइनल) मा ह्याट्रिक गरेका एम्बाप्पेले सन् १९६६ काे रेकर्ड ताेडेका छन् । यसअघि सन् १९६६ मा इङ्ग्ल्यान्डका जियाफ हर्स्टले ह्याट्रिक गरेका थिए । त्याे संस्करणकाे विश्व कप फाइनल इङ्ग्ल्यान्डले जितेकाे थियाे ।