Chauthoanga - Nepali News Media
राष्ट्रपतिलाई आयोगले बुझायो निर्वाचन प्रतिवेदन

काठमाडौँ -निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाएको छ । ।

शितल निवासमा आज आयोजित एक विशेष समारोहका बीच मुख्य निर्वाचन अधिकृत दिनेश कुमार थपलियाले मङ्सिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउनु भएको हो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले लोकतन्त्र सुद्रिकरणीकरणका लागि सम्पन्न निर्वाचन महत्त्वपूर्ण रहेको बताउनुभयो ।राष्ट्रपति भण्डारीले निर्वाचनमा सहभागी मतदाता,सुरक्षाकर्मी,राष्ट्रसेवक कर्मचारी लगायत निर्वाचन सम्पन्न गराउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउनु हुने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।

आयोगले समानुपातिक निर्वाचन प्रणालीको परिणाम बुधबार घोषणा गरेसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरेको थियो । आयोगले नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ ।

यसैगरी आगामी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखसमक्ष आयोगका पदाधिकारीबाट प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  ११:३०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको