Chauthoanga - Nepali News Media
दाङ सहित पश्चिम नेपालमा भुकम्प गयाे
earthquake.jpg

दाङ - डोटी केन्द्रविन्दु भएर मंगलबार राति भूकम्प गएको छ । राति ९ बजेर ७ मिनेट जाँदा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
सुदूरपश्चिमका धेरैजसो जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । केन्द्रका अनुसार क्षतिको कुनै विवरण आएको छैन ।

दाङ सहित पश्चिम नेपाल भर भुकम्पकाे धक्का महसुस गरिएको थियो ।लुम्बिनी  प्रदेश काे दाङसहित ,कर्णाली प्रदेश र सुदुरपश्चमिम प्रदेशका विभिन्न जिल्लामा भुकम्पकाे धक्का महसुस गरिएकाे खबर छ । नेपालमा २०७२ सालमा आएको भुकम्पले ठुलोमात्रामा धनजनको क्षेति गरेकाे थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  २१:१९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको