Chauthoanga - Nepali News Media
सत्ता गठबन्धनद्वारा साझा उम्मेदवारको नामावली सार्वजनिक (सूचीसहित)
gathabandhan.jpg

काठमाडौं- सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको साझा उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । गठबन्धनले १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धनबाट प्रतिस्पर्धा गर्ने उम्मेदवारको साझा नामावली सार्वजनिक गरेको हो ।

शुक्रबार प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ , नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति जारी गरी देशभरका निर्वाचन क्षेत्रको आधिकारिक उम्मेदवार तय गर्नुभएको हो ।

संयुक्त विज्ञप्तिमा केही निर्वाचन क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ भने केही निर्वाचन क्षेत्रमा छलफलद्वारा निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जनाउने उल्लेख छ ।

हेर्नुहोस् सूची

प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  १७:३३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको