घोराहीका अग्नी पीडितलाई राहात दिन २ लाखको कोष स्थापना
दाङ- दाङको घोराहीमा चार फर्निचर उद्योगका आगलागी पीडितलाई राहात उपलब्ध गराउने उदेश्यले दुई लाखको कोष स्थापना गरिएको छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको मंगलवार बिहानै वसेको आकस्मिक बैठकले आगलागीबाट क्षति पुगेका उद्योगी तथा व्यावसायीलाई राहात दिनका लागि संघले २ लाखको कोष स्थापना गर्ने निर्णय गरेको संघका अध्यक्ष टंकसिह वुढाथोकीले बताउनुभयो ।
स्थापना गरेको कोषमा सहयोग रकम जम्मा गर्नका लागि सम्पूर्ण उद्योगी, व्यवसायी तथा सहयोगी सबैमा संघले अनुरोध गरेको छ । राहातका लागि सम्वन्धित निकायमा पहल गर्ने निर्णय संघले गरेको छ ।
राहात उपलव्ध गराउन चाहाने इच्छुकलाई इच्छुकले हिमालयन बैक घोराही शाखाको खाता नं ०२४०३७९३३५००१७ मा रकम जम्मा गर्न संघका महासचिव महेन्द्र वुढाथोकीले अनुरोध गर्नुभएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९ ०९:३७
प्रतिक्रिया दिनुहोस्