Chauthoanga - Nepali News Media
३६ दलले बुझाए संशोधित समानुपातिक बन्दसूची

काठमाडौं - आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी आज सकिँदैछ । आयोगले दलहरूलाई बन्दसूचीमा देखिएको त्रुटि संशोधनका लागि ९ गतेदेखि आजसम्मको समयावधि दिएको थियो । 

समानुपातिकतर्फ प्रतिनिधिसभामा ४८ दलले बन्दसूची पेस गरेका थिए । त्यसमध्ये प्रमुख दलसहित ३६ वटा दलले त्रुटि सच्याएर सूची बुझाइसकेका छन् ।

उपन्याधिवक्ता गुरु वाग्लेका अनुसार शनिबार नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चासहित ९ वटा दलले शनिबार संशोधित बन्दसूची पेस गरेका थिए । 

आज बाँकी रहेका १२ वटा दललाई बन्दसूचीमा भएको त्रुटि सच्याउन आयोगमा बोलाइएको छ । दलहरूले बन्दसूचीमा भएको त्रुटि सच्याएपछि बन्दसूचीमा नाम भएकालाई नाम फिर्ता लिन सोमबार तोकिएको छ । 

“बन्दसूचीमा नाम भएकाले फिर्ता लिन चाहेमा भोलि फिर्ता लिन सक्नेछन् । नाम फिर्ता लिएको जानकारी दललाई गराउनुपर्छ,” वाग्लेले भन्नुभयो । बन्दसूचीको अन्तिम नामावली असोज २२ गते प्रकाशन गरिने उहाँले जानकारी दिनुभयो । 

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  ०८:३०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको