अमेरिकी डलरको भाउ ह्वात्तै बढ्यो,डलरको विनिमयदर १३१ रुपैयाँ ४१ पैसा
काठमाण्डाै - अमेरिकी डलरको भाउ ह्वात्तै बढेको छ । डलरको भाउ आज अहिलेसम्मकै महँगाे भएको छ ।नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमयदर १३१ रुपैयाँ ४१ पैसा तोकेको छ।
एक महिनायता गएको शुक्रवार नयाँ रेकर्ड बनाएको डलरको भाउ त्यसयता निरन्तर उकालो लाग्दै आएको छ । हरेक दिन अमेरिकी डलरको भाउ उकालो लागेपछि नेपाली मुद्रा पनि अहिलेसम्मकै कमजोर बनेको छ। पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले भाउ पनि बढेको हो ।
डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्राको भाउ घट्छ । भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष रुपमा प्रभावित हुन्छ ।
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९ ०८:५०
प्रतिक्रिया दिनुहोस्