-कमल कवर मगर
कमिरेचौर : बंगलाचुली गाउँपालिकाका पुराना कम्युनिष्ट अगुवा नरविर कवरको दिवंगत भएको १३ औँ दिनको पुण्यतिथिको अवसरमा आज श्रद्धाञ्जली सभा सम्पन् नगरीएको छ । बंगलाचुली गाउँपालिका वडा नंम्वर- ४ गदारी निवासी, जेष्ट कम्युनिष्ट मञ्च दाङका सदस्य तथा बंगलाचुली गाउँ पार्टी किमिटीका सल्लाहकार नर बहादर कवर मगरको निधन भएको आज १३ औं दिनको पुण्यतिथिको अवसर पारी वडा नं. ४ गदारीमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो ।
बंगलाचुली गाउँ पार्टी अध्यक्ष डोमाकान्त कवर मगरको अध्यक्षता एवं माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यतामा श्रद्धाञ्जली सभा सम्पन्न भएको थियो । सभाको विशष्ट आतिथिमा पोलिटव्युरो सदस्य तथा सह इन्चार्ज हेमराज शर्मा (डायमण्ड) र माओवादी केन्द्र दाङ जिल्ला संयोजक तथा बंगलाचुली गाउँपालिकाका निर्वाचित अध्यक्ष तुल्सीराम पुन मगर (सुवास) रहनु भएको थियो । श्रद्धाञ्जली सभामा बोल्दै वक्ताहरुले मृतक नर बहादुर कवर मगरले पार्टीमा गरेको योगदानको चर्चा गर्दै उहाँ प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । साथै पार्टीले एउटा होनहार योद्धा गुमाएकोमा पार्टी र आम नेता कार्यकर्ताहरु दुखि रहेको वताएका थिए
कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य तथा बंगलाचुली गाउँ पार्टी इन्चार्ज चुरामणी नेपाली, अतिथि गाउँ पार्टी कमिटीका सचिव दामोदर खड्का लगाएतअअन्य जिम्मेवार व्यक्तिहरु र मृतकका आफन्जनहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण बंगलाचुली गाउँपार्टी कमिटी सदस्य तथा वडा नम्वर ४ का पार्टी इन्चार्ज नारायण डाँगीले गर्नु भएको थियो ।