Chauthoanga - Nepali News Media
चोलेन्द्रको बयान आकस्मिक रूपमा रोकियो

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आकस्मिक रूपमा रोकिएको छ ।आज सिंदरबारस्थित संसदीय समितिको कक्षमा बैठक बसेको थियो । आज दोस्रो दिन पनि जबरासित बयान लिइएको थियो ।

तर, बैठक आकस्मिक रूपमा रोकिएको एक समिति सदस्यले जानकारी दिनुभयो । उहाका अनुसार अर्को बैठक यही भदौ १९ गते आइतबार बस्नेछ ।

जबरासित बुधबारदेखि बयान लिन थालिएको हो । उनलाई पहिलो दिन पाँच प्रश्न सोधिएको थियो । कुल ४३ प्रश्न सोधिने समिति सदस्य मीन विश्वकर्माले जानकारी दिनुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको