सरकारले अमेरिकालाई पठायो एसपीपी अघि नबढाउने पत्र
काठमाडौँ : परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ ।
९ साउनमा अमेरिकालाई लिखित जानकारी गराइसकेको परराष्ट्रमन्त्री नारायण खड्काले जानकारी दिनुभयो । सरकारले गत असार ६ गते एसपीपी अगाडि नडढाउने निर्णय गरेको थियो ।
उक्त निर्णयबारे अमेरिकालाई जानकारी दिन पत्र नपठाएको भनी सरकारमाथि संसद र सार्वजनिक रुपमा प्रश्न उठ्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९ १३:०५
प्रतिक्रिया दिनुहोस्