Chauthoanga - Nepali News Media
नेष्डो समृद्ध लघुवित्तको आइपीओ मंगलबार बाँडफाँट हुने
ipo.jpg

काठमाडाैं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) को प्रिअलटमेन्ट सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज आईपीओ प्रि अलमेन्ट सम्पन्न भइसकेको जानकारी दिएको हो ।


क्यापिटलका अनुसार आईपीओ  बाँडफाँट भने मंगलबार हुने भएको छ । संस्थाले फागुन ११ गतेदेखि देखि सर्वसाधारणलाई निष्कासन गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ८ लाख २८ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो । जसमा १२ हजार ७५० कित्ता सेयर कर्मचारीका लागि र ४१ हजार ४३७ कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १७:३६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको