चट्याङ लागेर दाङमा एक बालकको मृत्यु
दाङः दाङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका-१९ खानीगाउँका १५ वर्षीय बालक शंकर विकको चट्याङ लागेर मृत्यु भएको हो ।
घर नजिकै गोरु चराउन गएका बिकको शुक्रबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९ ०९:०६
प्रतिक्रिया दिनुहोस्